धरान: नवौं सबिन कप गल्फ प्रतियोगितामा सुयेश प्याकुरेल विजेता बनेका छन् ।

पार ७० को गल्फ कोर्षमा शनिबार सम्पन्न प्रतियोगितामा नेट ९ अन्डर ६१ को स्कोर बनाउदै प्याकुरेल विजेता बनेका हुन् । चौध ह्याण्डीक्याप खेलाडी उनले ग्रस ५ ओभर खेलेका थिए ।

यस्तै, ८ ह्यान्डीक्याप खेलाडी सुमन भुजेलले नेट ४ अन्डर ६४ स्कोर बनाउदै दोस्रो भए । उनले ग्रस ४ ओभर खेलेका थिए । दस ह्यान्डीक्याप खेलाडी बिरेन्द्र बिक्रम लिम्बुले नेट ३ अन्डर ६७ स्कोर गर्दै तेस्रो भए । उनले ग्रस ७ ओभर खेलेका थिए ।

प्रतियोगितामा ग्रस विजेता भने सुमन परियार बने । एक ह्याण्डीक्याप खेलाडी रहेका सुमनले ग्रस १ ओभर खेलेका थिए । उनको नेट स्कोर १ अन्डर ६९ रह्यो ।

20250209_182711

प्रतियोगितामा ६० बर्ष माथिका सिनियर तर्फ तुलसी लिम्बू विजेता बने भने बिजय राई र जगमोहन राई क्रमशः दोस्रो र तेस्रो भए ।

यस्तै, नियरेष्ट टु दि पिनको पुरस्कर होल नम्बर १७ मा श्याम लिम्बुले जिते भने लङ्गेष्ट ड्राइभको पुरस्कर होल नम्बर १८ मा काजी ताप्मादेनले जिते । मोस्ट बर्डिजको पुरस्कर सुन्दर राईले जिते ।

विजेताहरुलाई नेपाल गल्फ एशोसियशनका केन्द्रीय उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघ अध्यक्ष सुयेश प्याकुरेल, धरान वडा १९ अध्यक्ष पुर्ण लिम्बुलगायतले पुरस्कर वितरण गरेका थिए ।

नेपालका व्यवसायीक गल्फ खेलाडी सविन सापकोटाको प्रायोजनमा हरेक बर्ष सविन कप आयोजना हुँदै आएको छ । उनी जर्मनीमा गल्फ प्रशिक्षण गर्दै आइरहेका छन् । तथापि, नेपालमा गल्फ प्रतियोगिताको सिजन सुरु भएपछि उनी भाग लिन आउने गर्छन् । त्यहीँ बेला धरानमा आफ्नो नाममा सबिन कप गल्फ प्रतियोगिता पनि आयोजना गर्छन् ।