धरान: पहिलो मेन्स वुमेन्स स्ट्रेन्थ एण्ड इङक लाइन व्रेन्चप्रेस च्याम्पियनसिप २०८१ को ओभरअल उपाधि महिलातर्फ कोपिला गिरी र सोभा तामाङ र पुरुष तर्फ सागर टन्डन र विष्णु लामाले जितेका छन् । 

धरान फिटनेस क्लवद्धारा आयोजित स्ट्रेन्थ लिफ्टिङ्गमा महिलातर्फ कोपिला गिरी र पुरुष तर्फ सागर टन्डनले उपाधि चुमेको हुन् । कोपिलाले एक सय ५० केजी तौल उचालेका थिए भने जुनियर विधाबाट सहभागि जनाएका सागरले ३ सय ९० केजि तौल उचालेका थिए । यसैगरि इङकलाइन व्रेन्चप्रेसमा महिला तर्फ सोभा तामाङ र पुरुष तर्फ विष्णु लामाले उपाधि जितेका छन् । सोभाले एक सय २ केजि तौल उचालेका थिए भने सिनियर विद्यामा सहभागि जनाएका विष्णुले २ सय नौ केजि तौल उचालेका थिए।

ओभरअल विजेता बनेका उनीहरुले जनही नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरुलाई कार्यक्रमका अतिथि वडिविल्ङ्गि संघका केन्द्रिय सदस्य विक्रम लिम्वु, कोशी प्रदेश वडिविल्डङ्ग संघका अध्यक्ष केशव श्रेष्ठ, लायन्स लिडर धिरज गुरुङ्ग, लायन्स रेखा गुरुङ्ग, बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, धरान फिटनेस क्लवका संचालकद्धय कविरभगत प्रधानाङ्ग र कृति श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । 

bidy1

ओभरअल विजेता संगै तौल समुहका विजेता तथा उपविजेता ५४ जना खेलाडीहरुलाई धरान फिटनेस क्लवले ३ महिना, दुइ महिना र एक महिना निःशुल्क छात्रवृत्ति प्रदान गरेको छ । धरान ७ स्थित धरान फिटनेस क्लवका संस्थापक पुर्व अन्तराष्ट्रिय तथा निर्णायक दिवंगत राजभगत प्रधानाङ्गको स्मृति तथा सम्मानमा प्रतियोगिताको आयोजना गरिएको हो । दिवंगत राजभगत प्रधानाङ्ग धरान फिटनेस क्वलका संचालक कविरभगत प्रधानाङ्गका बुबा हुन ।

जुनियर, सिनियर, मास्टर वान र मास्टर टु विद्यामा विभिन्न तौल र उमेर समुहमा ६७ जनाले च्याम्पियन सिपमा सहभागिता जनाएका थ्एि । जुनियरमा १५ देखि २५ वर्ष, सिनियरमा २५ देखि ४०, मास्टर वानमा ४० देखि ५० र मास्टर टुमा ५० देखि ६० वर्ष उमेर समुह रहेको थियो ।