धरान: ९ औं हराईजन बास्केटवल रनिङ कप शनिबारदेखि शुरु भएको छ । 

हराईजन क्लब धरान १७ को आयोजनामा श्री माध्यमिक विद्यालय परिसरको बास्केटवल कोर्टमा प्रतियोगिता शुरु भएको हो । एक समारोहबीच प्रमुख अतिथि एवं धरानका निवर्तमान मेयर तिलक राईले रेफ्रीलाई वल हस्तान्तरण गरेर उद्घाटन भएको थियो । 

निवर्तमान मेयर राईले धरान खेलकुदको सहरकोरुपमा परिचत रहेको र बास्केटवल खेलको विकासमा हराईजनको योगदान उल्लेखनीय रहेको धारणा व्यक्त गरे । उनले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न यो प्रतियोगिताले मद्दत पुगेको पनि बताए । खेलकुदले युवालाई अनुशासित बनाउने साथै स्वास्थ्य पनि बनाउने राईको भनाई थियो । उद्घाटन समारोहलाई कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक सृर्जना नेपालले पनि सम्बोधन गरेकी थिइन् ।

horizan basket1

लिग चरणको शनिबार दुई वटा खेल भएको थियो । पहिलो खेलमा त्रिभुवन आर्मीले धरान हरियोलाई ९९-५५ स्कोरको अन्तरले हराउदै महत्वपुर्ण ३ अंक हासिल गर्यो । आर्मीले पहिलो क्वाटरमा २३-१६, दोस्रो क्वाटरमा २६-१८, तेस्रो क्वाटरमा ३०- ७ र चौथो क्वाटरमा २०-१४ स्कोरले धरानलाई हरायो । खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मीका निकेश मगर घोषित हुदै नगद ५ हजार तथा मेडल हात पारे । 

यसैगरि, दोस्रो खेलमा धरान (कालो)ले झापा ९६-४२ को फराकिलो स्कोरले हरायो । धरान कालोले झापालाई पहिलो, दोस्रो, तेस्रो र चौथो क्वाटरमा २७-७, २५-१३, १९-१६ र २७-७ स्कोरले पछि पार्दै खेल जित्यो । लिग चरणको यो जितसँगै धरान कालोले ३ अंक जोडेको छ । खेलको म्यान अफ द म्याच धरानका कबिर मगर घोषित हुदै नगद ५ हजार तथा मेडल हात पारे । 

horizan basket2

चैत्र १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा  त्रिभुवन आर्मी क्लब, बिशाल मिलन केन्द्र काठमाण्डौ, मोरङ बास्केटबल संघ, झापा बास्केटवल संघ, धरान टिम (निलो) र धरान टीम रातो सहभागी रहेको छ । सहभागी टिमहरु २ समुहमा रहने र लिग चरणको खेलमा समुह विजेता टिम फाइनल खेल्नेछ । 

विजेताले १ लाख ५१ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ७५ हजार ५ सय ५५ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार, उदयीमान खेलाडीलाई नगद १० हजार पुरस्कार दिइने पनि आयोजकले जनाएको छ । उद्घाटन समारोह हराईजन क्लबका अध्यक्ष श्रीभक्त राईको अध्यक्षतामा भएको थियो ।