धरान: धरान फिटनेस क्लव (डिएफसि)ले आफ्ना दुई जना खेलाडीलाई बधाई तथा सम्मान गरेको छ ।

 क्लबले आफ्नै फिटनेस हलमा नेपाली सेनाका नायक रमेश फोम्वो र अवतार श्रेष्ठलाई सम्मान गरेको हो । फोम्बोले यही चैत्र ७, ८ र ९ गते काठमाण्डौमा सम्पन्न धर्म श्री प्रतियोगितामा मेन फिजिक्समा तेस्रो उपाधि र २२ र २३ गते सम्पन्न मिस्टर कोशीमा ६५ केजि तौल समुहमा स्वर्ण तथा अलओभरमा सेकेन्ड रनरअप उपाधि विजेता रहेका थिए । यस्तै, अवतार मेन फिजिक्सका तिन पटक राष्ट्रिय च्याम्पियन भइसकेका अन्तराष्टिय खेलाडी हुन् । 

क्लबले यही जुन १४ मा भुटानको थिम्पुमा हुन लागेको साउथ एशियन स्पोर्टस फिजिक्समा नेपालको प्रतिनिधित्व गर्दै सहभागि हुन जान लागेका अवतारई तयारी खर्च स्वरुप नगद २५ हजार र जिम डाइट समेत प्रदान गरेको छ । उनलाई धरान फिटनेसका संचालक कविरभगत प्रधानाङ्गले रकम हस्तान्तरण गरेका थिए । 

awatar1

यसैगरि अवतारले वुल्समेन राष्ट्रिय च्याम्पियनसिपका च्याम्पियन ट्रफि क्लवलाई हस्तान्तरण गरेका छन् । उनले धरान फिटनेस क्लवको तर्फबाट प्रतिनिधित्व गर्दै वुल्सम्यानको उपाधि चुमेका थिए । उनले वुल्स म्यानसंगै विरगञ्जमा भएको रेन्वो क्लासिक र पोखरामा सम्पन्न ९ औं राष्ट्रिय खेलकुदमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय च्याम्पियन बनेका थिए । उनले २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै दुवइमा संपन्न वल्र्ड मेन्स फिजिक्समा समेत प्रतिस्पर्धा गरिसकेका छन्।

क्लवले साउथ एशियन स्पोर्टस फिजिक्सका लागि अवतारलाई तयारी गराइरहेको छ । बधाई तथा सम्मानका कार्यक्रममा सम्मानित अवतार र रमेशले फिटनेसका सेभेन पोज समेत प्रदर्शन गरेका थिए ।

                                 तस्विरः बिकास चाम्लिङ राई