धरान: प्रथम मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगितामा धरान लेडिज टिम फाइनल प्रवेश गरेको छ ।

धरान १६ स्थित रंगशालामा मंगलबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा धरान ४ फुटबल क्लबलाई ४–० को गोलअन्तरले पराजित गर्दै धरान लेडिज टिम उपाधि नजिक पुगेको हो । धरान लेडिजको लागि पहिलो हाफको १२ औं मिनेटमा सुनिता राईले गोलको खाता खोलेकी थिइन् । बाँकी ३ गोल दोस्रो हाफमा भएको थियो ।

दोस्रो हाफको नवौं मिनेटमा सिखा याक्खाले गोल गरिन् भने १३ औं र १७ औं मिनेटमा क्रमशः सुनिता राई र जुनि लिम्बुले गोल गर्दै धरान लेडिजलाई फाइनलमा पुर्याए । खेलको प्लेयर अफ दि म्याच धरान लेडिजकी सिखा याक्खा घोषित हुदै नगद २ हजार पुरस्कार हात पारिन् ।

ladies team

प्रतियोगितामा बुधबार पटनाली फुटबल क्लब र फेयर फुटबल क्लबबीच दोस्रो तथा अन्तिम सेमीफाइनल खेल हुने आयोजक धरान सिटी क्लबले जानकारी दिएको छ । धरान उपमहानगरपालिका संयोजन रहेको प्रतियोगिताको फाइनल असार १४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाउनेछन् ।