धरान: विभिन्न पार्टी एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीले सुनसरी जिल्लाबाट सबै निर्वाचन क्षेत्रमा उम्मेद्वारहरुको नाम सिफारिश गरेको छ । 

पुष ११ गते बसेको बैठकले आगामी फागुन २१ गते हुन लागेको संघीय निर्वाचनको लागि प्रत्यक्षतर्फ ४ वटै निर्वाचन क्षेत्रको उम्मेद्वारका आकांक्षीहरुको नाम सिफारिश गरेको उक्त पार्टीले जनाएको छ । यसैगरि, समानुपातिकतर्फ पनि क्लष्टर अनुसार नामहरु उक्त पार्टीले सिफारिश गरेको छ । 

सुनसरी १ मा ८ जना सिफारिश

सनुसरी निर्वाचन क्षेत्र नं १ मा प्रत्यक्ष निर्वाचनको लागि उक्त पार्टीले ८ जनाको नाम सिफारिश गरेको छ । जसमा पुर्वप्रदेश सांसददेखि धरानका वहालवाला वडाअध्यक्षसमेत छन् । 

पहिलो नम्बरमा पुर्वप्रदेश सांसद उमिता वराइली (रिमा)को नाम सिफारिशमा परेको छ भने दोस्रो नम्बरमा मुक्साहाङ मेन्याङ्बो (मुकेश), अशोक राई, फोक्साहाङ सुब्बा (चोत्लुङ), धरान वडा नं १७ का वहालवाला वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), रेवतीरमण राई, युवराज राई अलौलिक( नवयुवा) र शारदा खड्काको नाम क्रमशः सिफारिश भएको छ । 

हेर्नुस्, सिफारिश भएका उम्मेद्वारको नामावलीः

nekapa 1

nekapa1

nekapa2