धरान: अत्यधिक चिसो तथा सितलहरको कारण धरान उपमहानगरपालिकाले विद्यालयहरु तीन दिन विदा दिएको छ ।
धरान उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले आज (बुधबार) एक सुचना जारी गर्दै पुष १६ देखि १८ गतेसम्म तीन दिन विदा दिने निर्णय भएको जानकारी दिएका छन् । उक्त निर्णय नगर प्रमुखस्तरीय भएको पनि सुचनामा खुलाइएको छ । यो निर्णय सामुदायिक तथा संस्थागत विद्यालयहरु सबैमा लागु हुने पनि उल्लेख छ ।
केही दिनयता अत्यधिक चिसो तथा सितलहरको कारण जनजीवन प्रभावित भएको छ । चिसोले वृद्धवृद्धा तथा बालबालिकाहरुको स्वास्थ्यमा छिटो असर पर्ने भएकोले विद्यालय विदा दिने निर्णय गरिएको उपमहानगरको भनाई छ । अहिले दिएको विदा मिन पचास विदाबाट कट्टा हुने गरि निर्णय भएको पनि सुचनामा उल्लेख छ ।
उपमहानगरले विदाको सुचना जारी गरेपनि आज अधिकांश विद्यालयहरु भने खुलेका छन् । विदा दिने निर्णय ढिला गरि सार्वजनिक गरिएको कारण आज स्कुलहरु खुलेको हो ।








