धरान: फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन मेयर पदबाट हर्क साम्पाङले राजिनामा दिएका छन् । 

साम्पाङले आइतबार बेलुकी उपमेयर अइन्द्रबिक्रम बेघालाई राजिनामा पत्र बुझाएका हुन् । साम्पाङले राजिनामा बुझाएसँगै धरानको कार्यवाहक मेयरको जिम्मेवारी उपमेयर बेघाले पाएका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएर मेयरमा निवार्चित साम्पाङले आफ्नो कार्यकाल पुरा नगरि राजिनामा दिएका हुन् । 

harka regin

साम्पाङले आफु प्रधानमन्त्री बन्ने घोषणासहित फागुन २१ को चुनावमा सुनसरी क्षेत्र नं १ बाट उम्मेद्वार हुदैछन् । साम्पाङले श्रम सँस्कृति पार्टी नामको राजनीतिक दल दर्ता गरेका छन् । यसको चुनाव चिह्न माटो रहेको छ । 

वडाअध्यक्ष भट्टराईले पनि बुझाए राजिनामा

मेयर साम्पाङको राजिनामा स्वीकृत भएलगत्तै धरान वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले पनि पदबाट राजिनामा दिएका छन् । भट्टराईले कार्यवाहक मेयर बेघालाई राजिनामा पत्र बुझाएका थिए । 

manoj bhattrai

भट्टराई पनि फागुन २१ को निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । उनी तारा चुनाव चिह्न भएको नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेद्वारी दिदैछन् । निवर्तमान मेयर साम्पाङको कार्यशैलीको कडा आलोचना गर्ने भट्टराईले कार्यपालिका बैठकमा नै राजिनामा दिएर आफुसँग चुनाव लड्न चुनौती दिएका थिए । 

भिडियो: