धरान: उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान) सुनसरीको अध्यक्षमा सागरप्रसाद भटराई निर्वाचित भएका छन् । इटहरीमा आज (शनिबार) सम्पन्न पांचौ जिल्ला अधिबेशनले भटराईको अध्यक्षतामा १५ सदस्य नया कार्यसमिती निर्बिरोध निर्वाचित गरेको हो । नवनिर्वाचित कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा पेशल पोखरेल, ...
धरानः धरान १६ लेखनाथ चोकस्थित नवोदय विद्या मन्दिर सेकेण्डरी स्कुलमा अभिभावक दिवसको अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको छ । अग्रज पत्रकार एवं ब्लाष्ट दैनिकका प्रधान सम्पादक राजकुमार कार्की प्रमुख अतिथि रहेको कार्यक्रममा बर्षभरीमा उत्कृष्ट १६ विद्यार्थीलाई सम्मान गरिएको हो । स्कुलका प् ...
धरान: धरान ८ स्थित पुर्वाञ्चल क्याम्पसका प्रमुख ओमप्रकाश ढकालले प्राविधिक त्रुटी (सर्भर इरर)को कारण प्रवेश पत्र नपाएका सात विद्यार्थीहरुलाई परीक्षामा सामेल गराउने प्रतिवद्धता जनाएका छन् । परीक्षा केन्द्राध्यक्षसमेत रहेका प्रमुख ढकालले परीक्षा दिनबाट बञ्चित भएका विद्यार्थीहरुलाई आफैले प्रवेश पत्र दिल ...
धरान: परीक्षाको लागि अनलाइन फारम भरेका ७ जना विद्यार्थीको प्रवेशपत्र नआएपछि इञ्जिनियरींग अध्ययन संस्थान (आइओई)अन्तर्गत धरान ८ स्थित पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरु आन्दोलित भएका छन् । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् भने क्याम्पस प्रशासनको मुलढोकामा तालाबन्दी गरेका छन् । ...
धरान: धरानमा पहिलो पटक स्नातक (बि.ए.) पास गरेपछि बिए कृष्ण नामले परिचित धरान १ निवासी कृष्णप्रसाद श्रेष्ठ अध्ययनशिल थिए । स्वर्गीय श्रेष्ठ राजनीति, साहित्य, इतिहास र संस्कृतिका अध्येता थिए । राजनीति, साहित्यका नयाँ पुस्ताका लागि श्रेष्ठ ‘इनसाइक्लोपेडिया’ थिए । बौद्धिक जगतमा उनलाई बामपन्थी बुद्ध ...
धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा बचाउन धरान क्षेत्रका जनप्रतिनिधिहरुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् । धरान उपमहानगरपालिकामा बुधबार भएको बैठकमा जनप्रतिनिधिहरुले आ–आफ्नो ठाउँबाट जग्गा संरक्षणमा पहल गर्ने प्रतिवद्धता जनाएका हुन् । मेयर राईको अध्यक्षतामा भएको बैठकमा प्रदेश नं १ का ...
इटहरी: इटहरी उपमहानगरपालिकाको नगर गौरवको योजना अन्तर्गत इटहरी ४ स्थित कचना बुढीगंगा स्कुलको छात्रावाससहितको सुविधा सम्पन्न भवन निर्माण शुरु भएको छ । इटहरीका मेयर द्धारिकलाल चौधरीले मंगलबार भवनको शिलान्यास गरेका हुन् । यो भवन कुल १५ करोड ४४ लाख ७७ हजारको लागतमा दुई बर्षभित्र निर्माण गर्ने लक्ष् ...
धरान: शुल्क वृद्धिको बिषयमा आन्दोलनरत विद्यार्थी संगठन र धरानको विष्णु मेमोरियल बोर्डिङ स्कुलबीच दुई बुँदे सहमति भएको छ । पाँच दिनअघि (बिहिबार) नै सहमति भएपनि दुवै पक्षले औपचारिकरुपमा सार्वजनिक गरेको छैन । सहमति भएपछि विद्यार्थी संगठनहरुले स्कुलको लेखा शाखामा गरेको तालाबन्दीलगायत आन्दोलनका सम् ...
धरान: महेन्द्र बहुमुखी क्याम्पसको जग्गा भुमाफियाबाट जोगाउन आइतबार धरानमा वृहत जुलुस निकालिएको छ । क्याम्पसको जग्गा बचाउ समितिको आह्वानमा आइतबार धरानमा जागरण जुलुस निकालिएको हो । जुलुसमा क्याम्पसका प्राध्यापक शिक्षक, विद्यार्थी, राजनीतिक दलका नेताहरु, सामाजिक अगुवा तथा संघसंस्थाका प्रतिनिधिहरु ...
धरान: किर्ते मोही खडा गरेर भुमाफियाले महेन्द्र बहुमुखी क्याम्पस धरानको करोडौं पर्ने जग्गा हडप्न प्रयास भएपछि जोगाउन गठित जग्गा बचाउ समितिले दबाबमुलक सडक संघर्ष गर्ने भएको छ । यसअघि मौन जुलुस गरिसकेको समितिले आइतबार धरानमा वृहत जुलुस निकाल्ने भएको छ । समितिले शनिबार क्याम्पसमा पत्रकार सम्मेलन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित