धरान: चर्चित दौड प्रतियोगिता प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीमा मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा आउने भएकी छिन् ।

यही फागुन १० गते हुन लागेको दौडमा बिशिष्ट अतिथिकोरुपमा खतिवडा धरान आउन लागेकी हुन् । उनी १० के रनमा सहभागी पनि हुने धरान रनका अध्यक्ष रमु राईले जानकारी दिए । ‘उहाँ हाम्रो धरान रनको सद्भावना दुतकोरुपमा निम्तो गर्न लागेका हौं, उहाँ दौडमा पनि सहभागी हुने कुरा छ,’अध्यक्ष राईले भने,‘१० किलोमिटर सम्भव नभए पनि ३ किलोमिटरसम्म दौडमा सहभागी हुनुहुन्छ ।’ १० के रनमा १२ बर्षसम्मका बालबालिकाहरुको लागि ३ किलोमिटर दुरीको दौड हुन्छ ।

dharan-10-k-run 1

धरान १० के रन नेपालकै ठुलो संख्यामा खेलाडीहरु सहभागी हुने मध्येको एक दौड प्रतियोगिता हो । यसपाली ५ हजार संख्यामा सहभागीहरु हुने आयोजकको दाबी छ । प्रत्येक सँस्करणमा आयोजकले एक जना बिशिष्ट क्षेत्रका व्यक्तित्वलाई निम्तो गर्ने गरेको छ । यसअघि, हरिबहादुर रोकाया, क्याप्टेन विजय लामालगायत व्यक्तित्वहरु धरान रनमा सहभागी भइसकेका छन् । धरान १० के रनलाई यसपाली प्रभु बैंकले मुख्य प्रायोजन गरेको छ । आयोजकले प्रत्येक खेलाडीहरुलाई टि सर्ट दिनेछ भने २ हजार खेलाडीहरुलाई मेडल दिने जनाएको छ ।