धरान: श्रृंखला खतिवडा मिस नेपाल वल्र्ड २०१८ की विजेता हुन् । चीनमा भएको विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उनी टप १२ सम्म पुगेकी थिइन् ।

श्रृंखलाले मिस वल्र्डमा बिउटी विथ अ प्रपोज अवार्ड पनि जितेकी थिइन् । साथै उनले मल्टि मिडिया अवार्ड पनि हात पारेकी थिइन् । मिस वल्र्डमा सहभागी भएका मिस नेपालहरुमध्ये उनी अहिलेसम्मकै सफल नेपाल सुन्दरीमा पर्छिन् । साथै, मिस नेपालहरुमध्ये सर्वाधिक चर्चामा आएकी सुन्दरी पनि हुन् ।

तिनै नेपाल सुन्दरी श्रृंखला शनिबार(आज) धरानमा देखा परिन् । हुन त उनी शुक्रबार नै धरान आएकी थिइन् । धरान आउनुको बिशेष उद्देश्य थियो, प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीमा सहभागी हुन् । आयोजकले बिशिष्ट अतिथिकोरुपमा उनलाई निम्ता गरेको थियो । तर, उनी कार्यक्रममा अतिथिकोरुपमा मात्र स्टेजमा रहिनन्, हजारौं सहभागीहरुसँगै उनी पनि दौडमा सहभागी भइन् । उनको चेस्ट नम्बर थियो,५२१४ ।

srink

धरान १० के रनमा १२ बर्ष उमेरसम्मका बालबालिकाहरु ३ किलोमिटर दुरीको स्पर्धा हुन्छ भने बाँकी सबै उमेर समुहकाहरु १० किलोमिटर दौडिन्छन् । श्रृंखलाले पनि शनिबार बालबालिकाहरुको ३ किलोमिटर दुरी दौड पुरा गरिन् । उनले भानुचोकबाट दौडन शुरु गरेर धरान ११ दुर्गा चोक पुगिन्, र पुनः फर्किइन् । उनले यसअघि हेटौडामा पनि ५ किलोमिटर दौडिएको बताइन् । दौड पुरा गरेर उनले बालबालिकाहरुलाई मेडल र प्रमाणपत्र पनि वितरण गरेकी थिइन् ।
shrinkhala-khatiwada

dharan1