धरान: आयोजक धरान फुटबल क्लब २२ औ बुढासुब्बा टुबोर्ग गोल्डकपको पहिलो खेलमा नै पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।

आज धरान १६ स्थित रंगशालामा भएको उद्घाटन खेलमा पाहुना टोली युनाइनेटड कर्साङ, भारतसँग टाइब्रेकरमा पराजित भएको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिए पछि खेलको निर्णय सिधै टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा कर्साङले धरानलाई ४–२ गोलअन्तरले हरायो ।

टाइब्रेकरमा कर्साङका सिद्धान्त क्षेत्री, प्रशान्त राई, विरेन प्रधान र प्रयास प्रधानको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो । धरानका हेमन्त थापा र मनिष गुरुङको प्रहार मात्र गोलमा परिणत भयो । बिक्रम लिम्बुको प्रहार कर्साङका गोलकिपरले रोके भने मनोज राईको प्रहार पोलमा ठोक्किएर बाहिरियो ।

football5

 त्यसअघि निर्धारित समयको खेलमा भने धरानले अग्रता लिएको थियो । पहिलो हाफको ३५ औं मिनेटमा सुनिल खड्काले गोल गर्दै धरानलाई अग्रता दिएका दिए । दोस्रो हाफको ७७ औं मिनेटमा कर्साङका सुशान्त क्षेत्रीले गोल गर्दै खेल बराबरी बनाएका थिए । उद्घाटन खेलको म्यान अफ दि म्याच कर्साङका वानदेन तामाङ घोषित हुदै नगद १५ हजार र अन्य पुरस्कार पाए भने वेष्ट गोलको पुरस्कार धरानका सुनिल खड्काले नगद ५ हजार पाए । प्रतियोगितामा भोली आइतबार नेपाल पुलिस क्लब र झापाको मेची नेत्रालय काकाडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच खेल हुनेछ ।

football dfc

धरान फुटबल क्लबका खेलाडीहरु

football2 football3 football6 uk-fc

यु.के.एफसिका खेलाडीहरु