धरान: २०५५ सालदेखि धरान फुटबल क्लबको आयोजनामा शुरु भएको बुढासुब्बा गोल्डकप निरन्तर आयोजना हुने प्रतियोगिता हो । कुनै पनि प्रतियोगिता निरन्तर २२ बर्षसम्म आयोजना हुनु आफैमा गर्वको कुरा हो । कति गोल्डकपहरु शुरु भए, र बिचैमा हराए । तर, बुढासुब्बा गोल्डकपले जस्तै कठिन अवस्थामा पनि निरन्तर आयोजना गरेर आफ्नो छुट्टै इतिहास बनाएको छ ।

यही गोल्डकपको २२ औं सँस्करण शनिबार धरान १६ स्थित रंगशालामा भव्यरुपमा उद्घाटन भयो । आयोजकले प्रतियोगिताको उद्घाटनलाई भव्य बनाउन कुनै कसुर बाँकी राखेन । औपचारिक कार्यक्रमसँगै गीत, संगीत, नृत्य, सम्मान, प्याराग्लाइडिङ उडान समेत भयो । गायक मनोज मोते र रोहित मास्केले गीत गाए भने हिमशिखर बोर्डिङ स्कुल तरहराका विद्यार्थीहरुले आकर्षक नृत्यहरु प्रस्तुत गरे ।

 प्याराग्लाइडिङ पाइलटहरुले चिण्डे डाँडाबाट उडान गरेर रंगशालामा अवतरण गरेका थिए । उद्घाटन समारोहलाई आयोजक क्लबका अध्यक्ष किसोर राई, प्रमुख अतिथि एवं धरानका मेयर तिलक राई, एन्फा केन्द्रीय वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा आयोजकले मेयर तिलक राईलाई सम्मान गरेको थियो भने हालै मात्र निधन भएका पुर्वखेलाडी राम राईलाई पनि सम्मान गरिएको थियो । आयोजक क्लबले नगद १० हजारसहित सम्मान पत्र स्वर्गीय राईकी पत्नी पुष्प राईलाई प्रदान गरिएको थियो ।

budha-subba19 budha-subba17 buda-subba28 budha-subba18 budha-subba20 budha-subba26 budha-subba22 budha-subba21 budha-subba-26 budha-subba24 budha-subba29 budha-subba23 budha-subba27 budha-subba30