धरान ः आज २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा नेपालको चर्चित क्लब मनाङ मस्र्याङ्दी र बेलबारी फुटबल क्लबबीच भिडन्त हुदैछ ।

दिउँसो ३ बजे धरान १६ स्थित रंगशालामा हुने खेल निक्कै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । मनाङ गत साता सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो भएको टोली हो भने बेलबारी गत असार ३१ गते धरान रंगशालामा मुख्यमन्त्री कप प्रदेश लिगको उपविजेता टोली हो । मनाङ बुढासुब्बा गोल्डकपको तीन पटकको विजेता टोली पनि हो । मनाङले धरानमा २०६० मा छैटौं, २०६७ मा १३ औं र २०७२ मा १८ औं सँस्करण जितेको थियो ।