धरान: मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई हराउदै नेपाल पुलिस क्लब २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमीफाइनल प्रवेश गरेकोेछ ।

आज(आइतबार) धरान १६ स्थित रंगशालामा भएको खेलमा पुलिसले झापालाई ३–१ गोलअन्तरले हरायो । पुलिसको जितमा जुमानु राईले २ गोल गरे भने सुमन सुवेदीले १ गोल गरे । झापाको लागि सञ्जय धिमालले एक मात्र सान्त्वना गोल गरे ।

पहिलो हाफको १० औं मिनेटमा सञ्जयले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । तर, ४१ औं मिनेटमा पुलिसका सुमनले बराबरी गोल गरे भने लगत्तै ४३ औं मिनेटमा जुमानुले गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाए । दोस्रो हाफको ८० औं मिनेटमा जुमानुले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३–१ को जित दिलाए ।

खेलको म्यान अफ दि म्याच पनि पुलिसका जुमानु राई घोषित भए । उनले नगद १५ हजार पाए भने वेष्ट गोल पुलिसकै सुमन सुवेदी घोषित हुदै नगद ५ हजार पाए । प्रतियोगितामा भोली सोमबार मनाङ मस्र्याङ्दी क्लब काठमाण्डौं र मुख्यमन्त्री कप प्रदेश लिग उपविजेता बेलबारी फुटबल क्लबबीच खेल हुनेछ ।

budha-subba8 budha-subba9 budha-subba10 budha-subba19 1 budha-subba13 budha-subba20 1 budha-subba11 budha-subba18 1

 budha-subba12 budha-subba13 1