धरान: तीन पटकको विजेता मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ ।

आज सोमबार धरान १६ स्थित रंगशालामा भएको खेलमा मनाङले बेलबारी फुटबल क्लबलाई ४–० को गोलले हराउदै सेमीफाइनलमा प्रवेश गरेको हो । सेमीफाइनलमा मनाङले भारतको युनाइटेड कर्साङ फुटबल क्लबसँग फागुन १४ गते खेल्नेछ । कर्साङले पहिलो खेलमा धरानलाई टाइब्रेकरमा हराउदै सेमी पुगेको थियो ।

मनाङको लागि पहिलो गोल पहिलो हाफको २३ औं मिनेटमा निसान लिम्बुले गरे भने दोस्रो गोल पहिलाो हाफकै ४३ औं मिनेटमा विमल रानाले गरे । त्यसपछि दुवै गोल दयानन्द सिंहले दोस्रो हाफमा गरे । उनले दोस्रो हाफको ५१ औं र ६७ औं मिनेटमा व्यक्तिगत दुई गोल गर्दै मनाङलाई ४ –० ले जित दिलाए । खेलको म्यान अफ दि म्याच मनाङका दयानन्द सिंह घोषित भए ।उनले नगद १५ हजार पाए भने वेष्ट गोलकर्ताको पुरस्कार मनाङकै निसान लिम्बुघोषित हुदै ५ हजार पाए । भोलीको खेल नेपालको हालै सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र भारत कलकत्ताको सन डे क्लब एफबिसिबीच हुनेछ ।