धरान: मिस्टर धरान २०७६ का विजेता उत्तम खत्रीले धरानमा न्युट्री हब सप्लीमेन्ट स्टोर सञ्चालनमा ल्याएका छन् ।

धरान १० मा खुलेको सप्लीमेन्ट स्टोरको बुधबार धरानका मेयर तिलक राईले उद्घाटन गरे । मेयर राई बडिबिल्ङिका राष्ट्रिय जज पनि हुन् । बिशेष गरी शारीरिक सुगठनका खेलाडीहरुलाई आवश्यक पर्ने सप्लीमेन्ट तथा न्युट्रीसनको स्टोर १ नम्बर प्रदेशमै पहिलो हो । यसका सञ्चालक एवं मिस्टर धरान खत्रीका अनुसार स्टोरमा खेलाडीहरुलाई मात्र नभै सर्वसाधारणहरुलाई पनि आवश्यक पर्ने सप्लीमेन्ट उपलब्ध गराउने बताए । ‘सप्लीमेन्ट सबैको लागि आवश्यक पर्छ, माग र आवश्यकता अनुसार उपलब्ध गराउछौं,’उनले भने ।

मेयर राईले शरीरलाई आवश्यक पर्ने कतिपय तत्वहरु सप्लीमेन्टको माध्यमबाट पुर्ति हुने धारणा राख्दै दैनिक क्रियाकलाप तथा शारीरिक कसरत गर्नेहरुलाई अझ बढी आवश्यकता पर्ने बताए । ‘दैनिक क्रियाकलाप गर्ने, एक्सरसाइज गर्नेहरुको बढी क्यालोरी खर्च हुन्छ, र उनीहरुलाई सप्लीमेन्ट जरुरी छ,’ मेयर राईले भने,‘त्यसमा म के थप्छु भने आफुखुशीले अनुमानको भारमा सप्लीमेन्ट लिनु हुदैन, त्यो प्रत्याुपादक हुनसक्छ । जानकार वा विज्ञहरुसँग सल्लाह लिएर लिनुपर्छ ।’

 मेयर राईले यो क्षेत्रमा लागेका व्यक्ति तथा डाक्टरहरुसँग, विज्ञसँग समन्वय गरेर मात्र सप्लीमेन्ट लिन आग्रह गरे । उनले सप्लीमेन्ट व्यवसाय बिजेनस र दुवै भएको धारणा राख्दै शरीरलाई आर्कषक बनाउन डाइट र शारीरिक कसरत दुवै चाहिने भएकोले सप्लीमेन्ट आवश्यक भएको बताए ।

सञ्चालक खत्रीका अनुसार १० लाख लागतमा स्टोर खुलेको हो । यहाँ माटोपन घटाउने, कसरत गर्दा शक्ति प्रदान गर्ने, मसल गेन, समल टोन गर्ने(लुज हुन नदिने)लगायत सबै प्रकारको गुणस्तरीय डायट्री सप्लीमेन्ट पाइने उनले बताए । यहाँ पाइने सप्लीमेन्टको साइड इफेक्ट नभएको र खेलाडीहरुलाई मात्र नभएर सबैको दैनिक जीवनमा प्रयोग गर्न सकिने पनि उनको भनाई छ । हबमा १५ सय देखि १५ हजारसम्मका सप्लीमेन्ट उपलब्ध छ । उद्घाटनदेखि सय जना भित्र पर्ने ग्राहकहरुलाई साइटिक उत्पादनमा १० प्रतिशत र अन एएसएनको उत्पादनमा ५ प्रतिशत छुट दिइने पनि खत्रीले बताए ।

neutri-hub neutri-hub2