धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा शनिबार चिरप्रतिद्धन्दी नेपाल पुलिस क्लब र मनाङ मस्याङ्दी क्लबबीच फाइनल हुदैछ । त्यसैले फाइनलको तयारीको लागि शुक्रबार दुवै टोली आराम गरिरहेको छ ।

फाइनलका टोली आराम गरिरहदा शुक्रबार दिउँसो भने धरान १६ स्थित रंगशालामा नेपाल पत्रकार महासंघ सुनसरी र आयोजक धरान फुटबल क्लबको टिमबीच मैत्रीपुर्ण खेल भयो । आयोजकको जर्सीमा धरानका मेयर तिलक राई, पुर्वराष्ट्रिय खेलाडी तथा क्लबका अध्यक्ष किसोर राई, धरानका डिएसपी ढुण्डीराज न्यौपानेसमेत मैदानमा उत्रिएका थिए । डिएसपी न्यौपाने पहिलो हाफदेखि नै मैदानमा थिए भने मेयर राई मध्यान्तर पछि मैदानमा छिरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा आयोजक टिमले पत्रकार महासंघलाई ४–३ गोलअन्तरले पराजित गर्यो । खेलमा आयोजकको तर्फबाट अर्जुन राईले २ गोल गरे भने सतिस केसीले १ गोल र रविन राईले १ गोल गरेका थिए । यस्तै, पत्रकारकोतर्फबाट विकास चाम्लिङ राईले २ गोल गरे भने धिरेन लिम्बुले एक गोल गरेका थिए ।

IMG_5283 IMG_5285 IMG_5292 IMG_5351 IMG_5349 IMG_5310 IMG_5341 IMG_5354 IMG_5331 IMG_5325 IMG_5291