धरान:एनओसि मनाङ मस्र्याङ्दी क्लबले आफ्नो चिरप्रतिद्धन्दी नेपाल पुलिस क्लबलाई २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा हराउदै उपाधि जितेको छ । मनाङ बुढासुब्बामा च्याम्पियन भएको यो पहिलो पटक भने होइन ।

यसअघि मनाङले २०६० मा भएको छैटौं सँस्करण, २०६७ मा भएको १३ औं सँस्करण र २०७२ मा भएको १८ औं सँस्करणमा पनि च्याम्पियन भएको थियो । संयोग के छ भने छैटौं र १८ औं सँस्करणको फाइनलमा पनि मनाङले पुलिसलाई नै हराएको थियो । आज शनिबार भएको फाइनलमा पनि मनाङले पुलिसलाई ३–१ गोलअन्तरले हराउदै चौथो पटक च्याम्पियन बन्यो ।

फाइनलमा मनाङका दयानन्द सिंह, निसान लिम्बु र विमल रानाले गोल गरेका थिए भने पुलिसका भोला सिलवालले एक मात्र सान्त्वना गोल गरे । उपाधि विजेता मनाङले नगद १० लाखसहित उपाधि ट्रफी हात पार्यो भने उपविजेता पुलिसले ५ लाख हात पार्यो ।

 सर्वोत्कृष्ट उत्कृष्ट खेलाडी मनाङका सुरज

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मनाङका सुरज बिक घोषित भए । उनले पुरस्कार वापत डियो स्कुटर पाए । पुरस्कार ग्रहण गर्न उनी जन्मदिने आमासहित मैदानमा पुगेका थिए । उनको घर धरान हो ।

6

 यस्तै, फाइनल खेलको म्यान अफ दि म्याच मनाङका अञ्जन विष्ट घोषित हुदै नगद १५ हजार पाए भने फाइनलको उत्कृष्ट गोलको पुरस्कार नगद ५ हजार मनाङकै विमल रानाले पाए । यस्तै, उत्कृष्ट गोलकिपर मनाङका अशोक वराल, उत्कृष्ट मिडफिल्डर मनाङकै पुजन उपरकोटी, उत्कृष्ट कोच मनाङकै फुजा टोपे, उत्कृष्ट डिफेन्स पुलिसका सुमन सुवेदी र उत्कृष्ट फरवर्ड पुलिसका जुमानु राई घोषित भए । उनीहरुले जनही नगद २५ हजार हात पारे । उनीहरुलाई आयोजक धरान फुटबल क्लबका अध्यक्ष किसोर राई, प्रमुख अतिथि एवं प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले पुरस्कार वितरण गरेका थिए ।

11 10 13 12 14 1 16 17 1 19 15 21 23 18 1 28 1