धरान: सेछ ट्राभलिङ धरानद्धारा स्थापना गरिएको सेछ पर्यटन पत्रकारिता पुरस्कार पाँचथर र सुनसरीका तीन पत्रकारहरुलाई प्रदान गरिएको छ ।

सेछले शनिबार साँझ सुनसरी उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रम गरी पुरस्कार प्रदान गरेको हो । पुरस्कार धरानका दिनेश गजमेर, इटहरीका विराट अनुपम र पाँचथरका गिरीराज बाँस्कोटालाई प्रदान गरिएको हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारहरुलाई पुरस्कार प्रदान गरेका थिए । पुरस्कार राशी जनही १० हजार रहेको छ । सेछले तीन बर्षको पुरस्कार एकै पटक दिएको हो ।

पुरस्कृत पत्रकारमध्ये गजमेरलाई २०७४ सालको दिइएको हो भने बाँस्कोटालाई २०७५ सालको र विराट अनुपमलाई २०७६ सालको पुरस्कार दिइएको हो । यसअघि २०७१ सालमा नागरिककर्मी रोहित राई, २०७२ सालमा गोपाल दाहाल र २०७३ सालमा भैरव आङ्लाले यो पुरस्कार पाएको थियो । २०६८ सालमा धरानमा स्थापना भएको सेछ ट्राभलिङले पूर्व क्षेत्रको पर्यटनलाई व्यवसायिकरण गर्ने प्रयास गरिरहेको छ ।