धरान: लकडाउनको दोस्रो दिन आज बुधबार धरानमा प्रहरीले हिजोभन्दा कडाई गरेको छ । प्रहरीले पक्राउ गर्ने चेतावनी दिएपछि पहिलो दिनजस्तो खुलेआम हिड्नेहरुको संख्या कमी छ । यद्यपी, अझै पनि लकडाउन उल्लंघन गर्नेहरु छन् । तिनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।

अत्यावश्यक(अस्पताल जाने) काम, अत्यावश्यक ढुवानीका साधन र पास भएकाहरुबोहक कसैलाई पनि प्रहरीले छोडेको छैन । सरकारले गरेको निर्णय वमोजिम जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ भने धरान प्रहरीले सोही आधारमा आजदेखि अनावश्यक घरबाहिर हिड्नेहरुलाई पक्राउ गरिरहेको छ । धरानको भानुचोक, बजार र विभिन्न चोकहरुमा पुगेर फोटो सम्पादक विकास चाम्लिङ राईले कैद गरेको तस्बिरहरु:

bhanuchok shop shutter acharya line dhankute road gadi pass cheking gardei acharyaline buddha chok pasal deshi line bajar narayan chok IMG_9663.psd bp sundar bajar ratna road College road dharan bajar 1 Chhata chok IMG_9646.psd buddhachok pashchim ratnachok jane bato bhanuchok safai putali line