धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दैनिक सयौं विरामीहरु ओपिडीमा जाँच गराउन आउथे । इर्मजेन्सीमा पनि थामिनसक्नु विरामीको चाप हुन्थ्यो ।

केही दिनयता वीपी प्रतिष्ठान परिसर सुनसान छ । दैनिक २५ सय हाराहारीमा ओपिडी पुर्जी काट्ने काउन्टर बन्द छ । इर्मजेन्सीमा केही संख्यामा विरामी र तिनका आफन्त देखिन्छन् । वार्डमा रहेका विरामीका आफन्तहरु मात्र औषधी लिन ओहोर दोहोरमा हुन्छन् । त्यसबाहेक डिउटीमा रहेका कर्मचारी, सफाईकर्मी र स्वास्थ्यकर्मीहरु हुन्छन् । स्टेण्डबाई राखिएको एम्बुलेन्सका चालक र प्रहरी मात्र इर्मजेन्सी र ओपिडी भवन बाहिर हुन्छन् ।

सरकारले कोरोना संक्रमण फैलिन नदिन लकडाउन घोषणा गरेसँगै प्रतिष्ठानले पनि आफ्नो परिसरमा लकडाउन गरेको छ । डिउटीमा रहेका स्वाथ्यकर्मी र कर्मचारीबाहेकलाई आवास, क्वार्टर एवं कोठाबाट निस्कन रोक लगाएको छ । कोही उपचारमा आए भने मुलगेटबाट नै स्क्रिनिङ हुन्छ । विरामी सिकिस्त भए इर्मजेन्सी पठाइन्छ । विदेशबाट आएको र कोरोना लक्षण जस्तो भए जिओपिडी अगाडिको कोरोना हेल्पडेस्कमा पठाइन्छ भने ज्वरो मात्र भए स्पेशल जिओपिडी अगाडिको फिवर क्लिनिकमा पठाइन्छ ।

bp1 bp bp3 bp9 bp7 bp12 bp10 bp18 bp14 bp13 bp-counterIMG_9663.psd