धरान: लकडाउनलाई सर्तसहित संघीय सरकारले केही खुकुलो बनाउने निर्णय गरेको थियो । कतिपय क्षेत्रहरुमा स्वास्थ्य र सामाजिक दुरी कायम राख्दै खुला गर्ने सरकारले निर्णय गरेको छ भने कतिपय क्षेत्रहरु अझै पनि बन्द रहने सरकारको निर्णय छ । ति क्षेत्रहरु कुन कुन हुन् ? तपशिल वमोजिमका छन् :

कृषि तथा पशुपंक्षीसम्बन्धी

–खाद्य वस्तु र बाली लगाउने, पाकेको बाली भित्र्याउने कार्य
– पशुपंक्षीपालन, माछा, कुखुरापालन र बिक्रीविरतण
– फलफुल, तरकारी उत्पादन तथा बिक्रीविरतण
– दुग्धजन्य वस्तुको उत्पादन, सङ्कलन, भण्डारण र बिक्रीवितरण
– नर्सरीबाट बिरुवा उत्पादन, घाँस तथा दाना उत्पादन र बिक्रीविरतण
– कृषि बीउबिजन उत्पादन, भण्डारण र बिक्रीवितरण

स्वास्थ्यसम्बन्धी

– सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरु अस्पताल
– नर्सिङ होम, पोलिक्लिनिक, ल्याब, डायग्नेस्टिक सेन्टर
– सबैप्रकारका खोप, अक्सिजनको उत्पादन तथा बिक्रीवितरण
– औषधि पसल, आयुर्वे्दिक र होमियोप्याथिक सञ्चालन, एग्रोभेट र भेटेनरी सञ्चालन
– जनक शिक्षासामाग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक बिक्रीवितरण गर्न अनुमति लिएका पुस्तक पसलहरु

ढुवानी सेवा

– कृषि तथा पशुपन्छीजन्य, स्वास्थ्य सेवासँग सम्बन्धि ढुवानी साधन, भन्सारबाट जाँचपास भई आएका उद्योग मालसामान बोक्न अनुमति
– पानी, ग्यास, पेट्रोलियम पदार्थ, औधोगिक कच्चा पदार्थ र तयारी मालवस्तु, विकास आयोजनामा प्रयोग हुने उपकारण लाने र ल्याउने, कृषि सामग्री एवम् प्राङ्गारिक मल बोकेका साधन, एम्बुलेन्स सेवा, जनक शिक्षा सामाग्रीले अनुमति दिएका विद्यालयका पाठ्यपुस्तक ढुवानी गर्ने अनुमति

विकास र आयोजनासम्बन्धी

–राष्ट्रिय गौरवका आयोजनाहरु सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन भएका जलविद्युत सिँचाइ, खानेपानी, विमानस्थल, सडक र पुल, सरकारी भवन निर्माण र सबलीकरण गर्न अनुमति

–यी काम गर्न एकस्थानमा अधिकतम १० जनाभन्दा नबढ्ने गरी काम गराउने, दैनिक अनिवार्य स्वास्थ्य परीक्षण गर्ने, एकै ठाउँमा बस्ने व्यवस्था मिलाउने, श्रमिकलाई कार्यस्थलमै खाना र खाजाको व्यवस्था मिलाउने निर्णय भएको छ । स्थानको अभाव भएमा सार्वजनिक, सरकारी र निजी विद्यालयको खाली भवन प्रयोग गर्न सकिने तर स्थानीयसँग सम्पर्क नहुने गरी सुरक्षित आवासको व्यवस्था मिलाउने, यससम्बन्धी सम्पूर्ण व्यवस्थाको खर्च सम्बन्धित निर्माण व्यवसायीले नै मिलाउनुपर्ने निर्णय भएको छ ।

ढुङ्गा, गिटी र बालुवा उत्पादन र वितरणसम्बन्धी

– ढुङगा, गिट्टी र बालुवा उत्पादन, सङ्कलन र बिक्रीवितरण गर्न पाउने
– सिमेन्ट उद्योग सञ्चालन गर्न पाउने र आवश्यक सामग्री उत्पादन गर्न दिने
– नदी नियन्त्रणसँग सम्बन्धित कार्य गर्न सकिने र आवासस्थलदेखि निर्माणस्थलसम्म आवत जावत गर्न सुरक्षित तरिकाले श्रमिकलाई आवत जावत गर्ने व्यवस्था उद्योग सञ्चालकले मिलाउनुपर्ने

सार्वजनिक सेवासम्बन्धी

– बैंक तथा वित्तीय संस्थाहरु बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अति आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने
– अतिआवश्यक पर्ने सेवा प्रदान गर्ने सरकारी तथा सार्वजनिक संस्थानले आवश्यक न्यूनतम कर्मचारीबाट आलोपालो प्रणालीबाट सुरक्षित रुपमा सेवा सञ्चालन गर्ने

औद्यौगिक उत्पादनसम्बन्धी

– औद्योगिक उत्पादनमा लकडाउनको अवधिभर श्रमिकलाई छुट्टै स्थानमा राख्ने, सम्बन्धित पालिकासँग समन्वय गरी सरकारी भवनमा बस्ने व्यवस्था गनुपर्ने
– सुरक्षित आवास र खानाको व्यवस्था गर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, कार्यस्थललाई अनिवार्य स्यानिटाइज गर्नुपर्ने
– चामल, दात, पाउरोटी, पिठोलगायतका खाद्य सामग्री र सिमेन्ट उद्योग सञ्चालन गर्ने
– साना तथा घरेलु उद्योग, निर्माणजन्य उद्योग, विशेष आर्थिक क्षेत्रमा सञ्चालित विकाससम्बन्धी, सिमेन्ट उद्योग खोल्ने दिने, बढीमा पाँच जना मानिस कामदार रहने गरी सवारी साधन मर्मत गर्ने वर्कशप, इन्टरनेट सेवा र इलेक्ट्रोनिक सेवा सञ्चालन ।

राजमार्गका होटल र रेस्टुरेन्ट सम्वन्धी

सरकारले ढुवानी साधनका चालक तथा अति आवश्यकीय काममा हिँड्ने व्यक्तिलाई खानका लागि राजमार्गमा होटल र रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । त्यसका लागि स्थानीय प्रशासनले राजमार्ग र सहायक राजमार्गमा कम्तीमा ५० किलोमिटरको दुरीमा पालिकाले तोकेको स्थानमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत गरेको मापदण्ड अवलम्बन गर्नुपर्नेछ । तोकिए बमोजिम सवारी चालकले सवारी साधन मर्मत गर्ने वर्कशप, पेट्रोल पम्पमा रोक्न र होटलबाट खानाको प्याकेट लिन सक्ने गरी निर्धा्रित समय र स्थानमा रोक्न पाउने निर्णय भएको छ ।

पूर्णरुपमा बन्द रहने स्थलहरु

– विश्वविद्यालय, क्याम्पसलगायत सबै शैक्षिक संस्था,
– तालिम तथा प्रशिक्षण केन्द्र,
– गैरखाद्यवस्तु बिक्रीवितरण गर्ने व्यावसायिक मलहरु
– होटल, बार, रेस्टुरेन्ट, स्टोर, सिनेमा हल, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, सार्वजनिक भेला, रङ्गशाला, जिम सेन्टर, ब्युटी पार्लर
– आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक यात्रुवाहक हवाई उडान
– केवलकार र रेलसेवा ।

0

13 5