धरान: सरकारविहिनताको अवस्थामा जेन जी आन्दोलनको आडमा अराजक समुहले धरानमा पनि तोडफोड र आगजनी गरिरहेको छ।

आज दिउँसोसम्म शान्तिपुर्ण जेन जी आन्दोलन भएको धरानमा साँझदेखि एक्कासी अराजकता निम्तियो । जेन जी आन्दोलन भानुचोकमा केन्द्रीत भइरहेको बेला एमाले पार्टी कार्यालयमा तोडफोड र सामानहरु बाहिर निकालेर आगजनी भएको थियो । उक्त घटनाबारे धरानमा आन्दोलनको समन्वय र अगुवाई गरिरहेका युवाहरुलाई पत्तो थिएन । 

उनीहरुले वृहत र्याली निकालिसकेर भानुचोकबाट साढे ४ बजे आन्दोलन सकिएको घोषणा गरेपछि कांग्रेस पार्टी कार्यालय तोडफोड भएको थियो भने सामानहरु बाहिर निकालेर जलाएका थिए ।

manoj menyangbo copy

बेलुका एमाले नेतृ एवं पुर्वउपमेयर मञ्जु भण्डारी सुवेदी, पुर्वमेयर मनोजकुमार मेन्याङ्बोको घरमा अराजक समुह पुगेर तोडफोड गरेका थिए । उनीहरुले घरभित्रको सम्पुर्ण सामानहरु सडकमा निकालेर जलाएका थिए । यस्तै, पुर्वप्रतिनिधिसभा सदस्य तथा एमाले नेता जयकुमार राई, कांग्रेस नेताद्धय उमेश थापा र सुजेन्द्र गोले तामाङको घरमा पनि तोडफोड भएको छ ।

यसैगरि, वडा नं १७ का अध्यक्ष मनोज भट्टराईको घरमा तोडफोड गर्ने उद्देश्यले पुुगेका समुहलाई स्थानीयले प्रतिकार गरेर भगाएका थिए । पुर्वमेयर तिलक राईको घरबाट स्थानीय र कांग्रेस, एमालेका युवाहरुको समुहले प्रतिकार गरेपछि अराजक समुहले पछि हटेको थियो ।

bhatbhateni copy

यता भाटभटेनी सुपर मार्केटमा पनि अराजक समुहले तोडफोड, लुटपाट र आगजनी गरेको छ । स्थानीय, विभिन्न राजनीतिक दलका युवाहरु र धरानको दमकलले आगो निभाउने प्रयत्न गरेपनि नियन्त्रणमा आइरहेको छैन । प्रत्यक्षदर्शीहरुका अनुसार सामानहरु लुटपाट भएको छ भने कतिपय सडकमा निकालेर जलाइएको छ । तोडफोड र आगजनीका घटनाहरु भइरहदा कही पनि सुरक्षाकर्मीहरुको उपस्थिति देखिएको छैन ।

धरानमा आगजनी जेनजीबाट भएको होइनः आन्दोलन अगुवा

naveen copy

धरानमा जेनजी आन्दोलनको अगुवाई गरिरहेका मध्येका एक युवा नविन राईले जेनजी बदनाम गराउन चाहनेहरुबाट उक्त घटनाहरु भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले जेनजीबाट धरानमा आगजनी नगरेको र आगो लगाउन निर्देशन पनि नदिएको प्रष्ट पारेका छन् ।

उनले जेनजीको कार्यक्रम ४ बजेर ३० मिनेटमा नै सकिएको पनि बताएका छन् । ‘हामी हिंसाको विरुद्धमा छौं, धरानमा आगजनी जेनजीहरुबाट भएको होइन । हाम्रो कार्यक्रम ४ः३० बजे नै सक्किएको हो,’ उनले पोष्टमा भनेका छन् ।

भिडियोः

भिडियोः

भिडियोः