धरानः प्रदेश एक सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले विद्यालय खोल्न हतार गर्न नहुने बताएका छन् ।

आज प्रदेश एकका शिक्षाक्षेत्रसँग सम्बन्ध व्यक्तिहरुको भर्चुुअल बैठकमा आफ्ना धारणा राख्दै मन्त्री कार्कीले भने,‘बच्चाहरुलाई जोखिममा नराखौँ । ठुलो भिड हुने उच्च जोखिमका क्षेत्र लामो समयसम्म बन्द हुन्छन् ।’ उनले यो लकडाउन कारण पढाइ ढिला भयो भनेर शैक्षिक सत्रको बारेमा चिन्ता लिने भन्दा पनि मानव जातिमाथि परेको संकट कसरी सामना गर्न सकिन्छ भनेर सोच्नुपर्ने अवस्था रहेकोतर्फ ध्यानाकर्षण गराए । उनले लकडाउनले बच्चाहरुको विद्यलायको पढाइ मात्र छुुटेको भन्दै अभिभावकसँग लामो समय बसेर संस्कार र संस्कृतीको कुरा सिक्ने अवसरबाट पाएको तर्क प्रस्तुत गरे ।

अहिले डिजिटल शिक्षाको कुरा व्यापकरुपमा उठिरहेको भन्दै त्यो नेपालजस्तो कमजोर इन्टरनेट व्यवस्था भएको मुलुकमा प्रभावकारी नहुने र त्यसलाई विद्यालयले अभिभावक र विद्यार्थीका लागि अनिवार्य गराउन नहुने धारणा राखे । तिहार पछि शुरुवात हुने शैक्षिक सत्रको आउँदो जेठमा परिक्षा लिँदा कुनै फरक नपर्ने भन्दै मन्त्री कार्कीले विद्यालय संचालक र शिक्षकलाई हतार गरेर विद्यालय खुलाउन र पढाइ गराइहाल्नुुपर्छ भनेर विद्यार्थी र अभिभावकलाई दवाव दिन नहुने बताए ।

निजी विद्यालयलाई राष्ट्रियकरणको हल्लाले विद्यालय संचालकमा दवाव परिरहेको भन्दै यो सरकारले कुुनै पनि हालतमा टेकओभर नभइ संरक्षण गरेर जाने बताए । ‘राज्यले नीति नियम बनाएर विद्यालय शिक्षा संचालन गर्न अनुुमति दिएको छ,’मन्त्री कार्कीले भने,‘त्यसको संरक्षणको दायित्व पनि सरकारले लिन्छ, अहिले राष्ट्रियकरण गर्ने कुरा हुनैसक्दैन ।’ उनले निजी र सरकारी विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाको खाँचो औल्याउँदै कानुनको परिधि भित्र रहेर सँचालनमा रहेका सँस्थालाई सरकार हात्तोसाहित पार्ने मनसायमा नरहेको जानकारी दिए ।

हरेक समस्यासँगै अवसरसमेत आउने हुँदा यो विश्वव्यापी महामारीले नेपाल जस्तो युवापुस्ता पलायन भएको मुलुकमा पुनः अवसर आएकोतर्फ संकेत गरे । उनले कृषि र पर्यटनको कायापलट विकास हुनेतर्फ आफुु आशातित रहेको भन्दै नेपालको परनिर्भरमुखि कृषिले कोल्टेफेर्ने, निर्यातमुकि कृषिमा जोड दिन आधुनिक खेतीप्रणालीको विकास गर्नुपर्ने बताए । नेपाल विश्वको गन्तव्य बन्नसक्ने भन्दै विश्वलई लोभ्याउन सकिए हाम्रो मुलुकको अर्थतन्त्र राम्रो हुने उनको धारणा छ । कृषि पर्यटनमा रोजगारी बृद्धि गर्ने र यहि बेला सीमा टाइट गरि भन्सारको आर्थिक सुचकमा बृद्धि गर्ने अवसर रहेको औल्याए । लकडाउनले शिक्षा क्षेत्रमा पारेको प्रभावको विषयमा भर्जुुअल सँवादमा छलफलका लागि शिक्षाक्षेत्रसँग सम्बद्ध रहेको व्यक्ति, अधिकारकर्मी, मनोविद्ध लगाएतको सहभागीता रहेको थियो । यो छलफलको आयोजना शिक्षासेवी सुरेन्द्र घिमिरेले गरेका थिए ।