धरान: आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धरान २० स्थित वीपी स्मृति पार्कमा नेता वीपी कोइरालाको सालिक राखिने भएको छ ।

नेता कोइरालाको सालिक धरानका मुर्तिकार एवं कलाकार महेन्द्र राईले निर्माण गरिरहेका छन् । चालु आर्थिक बर्षमा धरान उपमहानगरपालिकाले सालिक बनाएर दिने र त्यसको लागि एक समिति पनि गठन भएको यसअघि निर्माण भएको वीपी स्मृति पार्क निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत रहेका चक्र खड्काले जानकारी दिए । अहिले उनको नेतृत्वमा ड्रेन तथा आरसिसि सडक ढालान र इन्टरलकको काम भइरहेको छ ।

bp-park2

उनका अनुसार प्रदेश सरकारबाट आएको ३० लाख र संघीय संसद कोषबाट आएको २० लाखले खोला संरक्षणको लागि रिटेनिङ वाल निर्माण गरिएको छ भने उपमहानगरपालिकाको थप ३० लाख बजेटले ड्रेन र आरसिसि ढलाईको काम भइरहेको खड्काले जानकारी दिए । उनका अनुसार ड्रेन र सडक ढलाईको काममा उपभोक्तासमेत गरेर ३७ लाख १७ हजार बजेटको हो । ‘दुई चरणमा खोला संरक्षणको काम भयो । वीपीको सालिक बन्दैछ, मूर्ति नगरपालिकाबाट दिने भएको छ । सजावट साथीभाईले मिलेर गर्ने कुरा छ । ड्रेन र बाटोमा नगरपालिकाको पर्यटनको बजेटले बन्दैछ,’उनले भने,‘वीपी पार्कको परिकल्पना गरेका छौं, र त्यसलाई साकार बनाउदैछौं । व्यवस्थित गरिरहेका छौं, पर्यटकीयस्थल बनाउदैछौ ।’

भिडियो:

हाल निर्माण भइरहेको वीपी स्मृति पार्क सर्दु खोला पारी धरानको वडा नं २० मा पर्छ । त्यो क्षेत्रलाई विगतमा ओशो पार्क भनेर चिनिन्थ्यो भने पछिल्लो समय जैविक विविधता पार्क पनि नामकरण गरिएको थियो । तर, २०७१ भदौ २ गते कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल आएर रुख रोपेर साथै पार्कको शिलान्यास गरेका थिए । सर्दु पुलमा वडाले फ्लावर ब्रिज बनाएसँगै यो ठाउँको चर्चा हुन थाल्यो ।bp-park bp1 bp-park1 bp-park4 bp-park3