धरान: धरान उपमहानगरपालिकाको सातौं नगरसभाको दोस्रो बैठकमा ४ वटा विधेयक र २ वटा प्रतिवेदन प्रस्तुत भएको छ ।
आज(मंगलबार)वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा भएको बैठकमा विधेयक र बिषयगत समितिको प्रतिवेदन प्रस्तुत भएपछि भोलीसम्मलाई स्थगित भएको छ । बैठक बुधबार ११ बजेलाई मेयर तथा सभाअध्यक्ष तिलक राईले पुनः आह्वान गरेका छन् । आजको बैठकमा आगामी आर्थिक बर्षको लागि विनियोजन विधेयक, आर्थिक विधेयक प्रस्तुत भएको थियो । यस्तै, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकय २०७७ र राजश्व परिचालन विधेयक २०७७ पनि प्रस्तुत गरिएको थियो ।
यसैगरि, न्यायिक समिति र सार्वजनिक लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यसपछि समय अभावको कारण वडा नं १० का सदस्य तथा नगरसभा सदस्य कृष्ण राईकी पत्नीको निधनप्रति मौन धारण गर्दै बैठक भोली ११ बस्ते आह्वानसहित स्थगित गरिएको थियो । बैठकमा प्रस्तुत गरिएको विधेयकहरुमा संशोधन तथा फेरवदल गर्नुपर्ने भएमा सभा सदस्यहरुले १० बजेसम्म संशोधन प्रस्ताव प्रमुख प्रशासकीय अधिकृतसमक्ष सुचना दिनुपर्नेछ भने भोली दफावार छलफल पश्चात पारित हुनेछ ।