विराटनगरः विराटनगरमा थप ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर शुरेस मेहेताका अनुसार प्रदेश १ मा ९ नयाँ सँक्रमित थपिएकामध्ये माेरङका ८ व्यक्ती रहेका छन् । विराटनगरका मात्र ४ जना सँक्रमित हुन् । एक नर्स र एक चिकित्सकलाइ काेराेना पाेजेटिभ देखिएपछि विराटनगरकाे सरकारी स्वास्थ्य सँस्था काेशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाइ बाहिर काम गर्न राेक लगाइएकाे छ । अस्पतालका मेसु डाक्टर चुमनलाल दासका अनुसार अस्पतालकाे स्वास्थ्य सुरक्षालाइ मध्यनगर गरेर निजि क्लिनिक र अस्पतालमा काम गर्ने डाक्टर र नर्सलाइ बाहिर काम गर्न तत्कालका लागि राेक लगाइएकाे हाे ।

काेशी अस्पतालमा कार्यरत एक नर्सलाइ काेराेना पाेजेटिभ देखिएकाे थियाे । उनी काेराेना देखिएका चिकित्सक काम गर्ने विराट नर्सिङ हाेममा पनि काम गर्थिन । पछिल्लाे समय विराटनगरमा काेराेना समुदायमा पुगिसकेकाे विराटनगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताएका छन् । काेराेना नियन्त्रण र व्यवस्थापनकाे याेजना बनाउन मँगलवार उद्याेग सँगठन माेरङमा बसेकाे सामाजिक विकास मन्त्रायलकाे कार्यक्रमा बाेल्ने चिकित्सकहरूले विराटनगरकाे पछिल्लाे अवस्था खतरापूर्ण रहेकाे भन्दै तत्काल उचित कदम चाल्न भनेका थिए । उनीहरूले सामाजिक सचेतना नफैल्याए अवस्था भयावह हुने चेतावनी दिएका छन् । पछिल्लेा समय विराटनगरमा ट्राभल हिस्ट्री नभएका विरामी धमाधम भेटिन थालेपछि भने विराटनगर महानगर र प्रदेश सरकार कसरी याेजना बनाएर यसकाे नियन्त्रणमा जुट्ने अन्याैलमा देखिन्छ ।