धरान: कर्णाली प्रदेशको कृषि उत्पादनको बजार प्रर्वद्धन गर्न स्याउ र आलु लिएर एक किसान धरान आइपुगेका छन् ।

जुम्लाका किसान खड्ग केसीले स्याउ र आलु लिएर हिजो मंगलबार साँझ धरान आइपुगेका हुन् । उनलाई धरान १३ स्थित कृषि बजारस्थलमा धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधिहरुसहित बजारस्थलले स्वागत गरेका थिए । उनलाई सम्मान पत्रभौगोलिकरुपमा दुर्गम भएपनि जुम्लाको कृषि उत्पादनको बजारमा ख्याती छ । तर, पर्याप्त बजारीकरण हुन नसक्दा किसानले उचित भाउ पाउन सकेका छैनन् ।

जुम्लाका किसान केसीलाई धरानसम्म ल्याउन ग्रिल उद्योगी जनक बस्नेतले भुमिका खेलेका हुन् । उनले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम टेण्डर पाएका थिए । सोही कामको क्रममा जुम्ला पुगेका बस्नेत र जुम्लाका केसीबीच मित्रता भएको थियो । दुवैको मित्रता झ्यागिदै गएर कृषि उत्पादन धरानसम्म ल्याउन सफल भएका हुन् ।jumla1

किसान केसीले पश्चिम नेपालका जिल्ला र काठमाण्डौंमा कृषि उत्पादन पठाउदै आएकोमा पहिलो पटक पुर्वको धरान लिएर आफै आएको बताए । अहिले स्याउको सिजन डाउन भइसकेको भन्दै आगामी दिनमा समयमा नै गुणस्तरीय स्याउ ल्याउने पनि किसान केसीले बताए । ‘यता पनि बजार राम्रो छ भनेर आयौं । पहिलो पटक हो । स्याउको मुख्य सिजन असारदेखि भदौं अन्तिम हो । यो पटक थोरै उत्पादन भएकोले समयमा नै स्याउ सकियो,’उनले भने ।

आन्तरिक उत्पादनलाई प्रर्वद्धन गरौं: मेयर राई

jumlako1

मेयर तिलक राईले आन्तरिक उत्पादनलाई सबैले प्रर्वद्धन गर्नुपर्ने बताए । जुम्लाका किसानलाई स्वागत सम्मान गर्दै मेयर राईले स्थानीय सरकार र कृषि बजार व्यवस्थापन समितिले पनि देशभित्रको उत्पादनलाई प्रर्वद्धन गर्ने नीति लिन आवश्यक भएको धारणा व्यक्त गरे । पहाडको उत्पादनलाई तराईमा जोड्ने र तराईको उत्पादनलाई पहाडसम्म जोड्ने लक्ष्य लिनुपर्ने उनको भनाई थियो ।

कृषि उत्पादन(तरकारी)मा धेरै तहको विचौलिया देखिएको भन्दै मेयर राईले विचौलियाहरुलाई व्यवस्थापन गर्नुपर्ने पनि बताए । ‘किसान र बजारबीच जोड्ने माध्यमकोरुपमा विचौलिया हुनुपर्छ तर तर यहाँ त बिगबिगी छ,’मेयर राईले भने,‘विचौलियालाई सहीरुपमा व्यवस्थापन गर्नुपर्छ । नत्र किसानले सही मुल्य नपाउने र उपभोक्ताले पनि बढी मुल्य तिर्नुपर्ने अवस्था आउछ ।’

ग्रेडिङ र प्याकेजिङमा ध्यान दिनुपर्छ: उपमेयर भण्डारी

jumlako2

उपमेयर मञ्जु भण्डारी सुवेदीले जुम्लाबाट किसानले नै उत्पादन लिएर आएकोमा खुशी व्यक्त गर्दै ग्रेडिङ र प्याकेजिङमा ध्यान दिन आग्रह गरिन् । उनले कृषि उत्पादनको बजार धरान र पुर्वमा पर्याप्त भएकोले किसानले चिन्ता नलिन पनि आग्रह गरिन् । ‘पुर्वको बजार छ । जुम्ला क्षेत्रको उत्पादन ल्याउनुस्, बजारको चिन्ता नगर्नुस्, हामीले यहाँबाट भारतमा पनि निर्यात गर्न सक्छौं,’उपमेयर भण्डारीले भनिन्,‘ग्रेडिंग र प्याकेजिंगमा ध्यान दिनुपर्छ ।’

जुम्ला क्षेत्रको उत्पादन र बजारलाई जोड्नको लागि सहकार्य गर्ने पनि बताइन् । पालिकाहरु बीचमा भगिनी सम्बन्ध गरेर वा किसानहरुबीच सिप आदनप्रदान गरेर भएपनि सहकार्य गर्ने उनको भनाई थियो । यस्तै, कृषि बजारका सल्लाहकार अइन्द्रबिक्रम बेघाले जुम्लालाई धरानसँग जोड्न पाएकोमा खुशी व्यक्त गर्दै किसानलाई स्टलको व्यवस्था पनि गर्ने बताए । ‘त्यहाँको किसानको उत्पादनलाई यहाँ स्टलको पनि व्यवस्था गछौं । उत्पादन प्रर्वद्धन गर्नको लागि नियमित सम्पर्क गर्ने थलोकोरुपमा विकास गर्नेछौं,’बेघाले भने ।

janak

jumla jumla4 jumlako 1 jumla2 jumla3