धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरीका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी ६ का ६८ बर्षीय पुष र दुहबीका ५२ बर्षीय पुरुष रहेका छन् ।

प्रतिष्ठानका अनुसार इटहरीका वृद्धको आज मध्यराती १२ बजेर ३० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो । उनलाई असोज २० गते संक्रमण पुष्टि भएको थियो भने हिजो बिहिबार अस्पताल भर्ना गरिएको थियो ।

यस्तै, दुहबीका संक्रमितको आज बिहान २ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतकलाई मृगौलाको गम्भीर रोग थियो । उनलाई असोज १२ गते संक्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठान भर्ना गरिएको थियो । दुवैको शव नियमानुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।