धरान: घाइते भएका प्रदेश १ का बास्केटवल खेलाडी प्रदिप गुरुङ्गको उपचारको लागि डिपो स्कुलका विद्यार्थीहरुले नगद ७ हजार २ सय पचास रुपैया सहयोग प्रदान गरेका छन् ।

प्लस टु र व्याचलरका विद्यार्थीहरुले एकआपसमा रकम संकलन गरेर डिपोका पुर्व विद्यार्थी समेत रहेका गुरुङ्गलाई आर्थिक सहयोग गरेका हुन् । संकलित रकम उपचारको लागि अभियान चलाइरहेका धरान बास्केटवल संघलाई विद्यार्थीहरुले हस्तान्तरण गरेका थिए । स्कुलका पुरानो खेलाडीको उपचारको लागि सहयोग संकलन हुदै गरेको थाहा पाए पछि खाजा खाने पैसावाट बचाएर सहयोग गरेको कक्षा ११ का विद्यार्थी मिन्सो लिम्वुले जनाए । कक्षा ११मा अध्यनरत मिन्सो र प्रिति राईले सवै कक्षामा गएर सहयोग संकलन गरेका थिए । मिन्सो र प्रिति बास्केटवल संघको सिफारिसमा छात्रवृतिmमा अध्यनरत बास्केटवल खेलाडी हुन् ।

डिपो स्कुलका पुर्व विद्यार्थी रहेका प्रदिपले पनि प्लस टु छात्रवृत्तिमा अध्ययन सकेका विद्यार्थी हुन् । प्रशिक्षणको समयमा घाइते भएका उनको दाहिने खुट्टाको एसिएल च्यातिएको छ । डाक्टरका अनुसार मेजर सर्जरी गर्नुपर्ने र उपचारको लागि करिव दुई लाख ५० हजार रुपैया लाग्ने भएको छ । उनको सहयोगार्थ धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको संयोजनमा धरान र झापा बास्केटवल टिम विच मैत्रिपुण च्यारिटि बास्केटवल खेला समेतको आयोजना हुदैछ । च्यारिटि खेल धरान १८ स्थित बास्केटवल कोर्टमा पुस ८ गते वुधवार हुनेछ ।

धरान टिम छनौट

20201217_064510.psd

प्रदिप गुरुङ्गको उपचारमा सहयोगका लागि आयोजना हुन लागेको च्यारिटि म्याचको लागि आइतावार धरान बास्केटवल टिम छनौट भएको छ । बास्केटवल संघले करिव एक हप्ता छनौट प्रशिक्षण प्रकिया गरि १२ जना खेलाडीहरु छनौट गरेको हो । छनौट हुनेहरुमा नविन राई टिम क्याप्टेन, कविन मगर, सुजन राई, सर्वधन राई, विकेन चौधरि, दिवस राई, सन्तोष तामाङ, विवेक श्रेष्ठ, सुसन श्रेष्ठ, गौरव ओझा, विक्रम लिम्वु र जोमन राई छन् । उनीहरुलाई प्रदेश १ बास्केटवल मुख्य प्रशिक्षक विकास राई, हेमन राई र युगल लिम्वुले प्रशिक्षण गराएका थिए ।