धरान: विगत एक महिनादेखि उच्च रक्तचापको कारण मस्तिष्क पक्षघात भएर नोबेल अस्पताल विराटनगरमा उपचाररत सञ्चारकर्मी दिलीप राई (डम्बर)लाई होराईजन क्लब धरानले आर्थिक सहयोग गरेको छ ।

क्लब धरानका अध्यक्ष बसन्त राईले ९ हजार रुपैयाँ प्रेस युनियन समन्वय समिति धरानका अध्यक्ष सुक्रान्त राईलाई हस्तान्तरण गरेका हुन् । उच्च रक्तचापको कारण ब्रेन स्ट्रोक भई उपचाररत सञ्चारकर्मी राईलाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले सदस्यबाट उक्त रकम संकलन गरिएको अध्यक्ष राईले बताए । उपचाररत सञ्चारकर्मी राई नेपाल प्रेस युनियन धरानका कोषाध्यक्ष पनि हुन् । हालसम्म राईको उपचारमा लाखौं खर्च भईसकेको परिवारको भनाई छ ।