धरान : प्रदेश १ मुख्यमन्त्री शेरधन राईले किरात समुदायको आस्थाको केन्द्र खुवालुङ फुटाउने विषयमा हालसम्म सरकारले छलफल वा निर्णय केहि नगरेको बताएका छन् । 

आज मंगलबार बिज्ञ र किरात राई यायोक्खाको पदाधिकारीसहित खुवालुङको स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले सरकारले गुरुयोजना तयार गरेर नै  खुवालुङको संरछ्ण गर्ने पनि बताए । मुख्यमन्त्री राईले जलमार्गको अध्ययन गर्ने क्रममा नै रहेकोले खुवालुङ फुटाउने बारे कुनै छलफल नभएकोले अनावश्यक र भ्रमक प्रचारको पछि नलाग्न पनि आग्रह गरे ।

सप्तकोसीमा जल यातायात सञ्चालनका लागि अध्ययन गरिरहेका विज्ञ टोलीका विपलराज पाण्डेले सर्वेको क्रममा रहेकोले नदीको बीचमा रहेको खुवालुङका विषयमा सरकारसँग राय मात्रै मागेको बताए । उनले खुवालुङको दायाँ–बायाँबाट जेटबोट सञ्चालनका लागि च्यानल बनाएर खुवालुंग बचाउन र ५ र५ मिटर दाँयाबाँया निषेधित क्षेत्र बनाएर जहाज सञ्चालन गर्नेबारे अध्ययन भइरहेको पनि बताए । सर्भे सकिएपछि सबैलाई जानकारी गराएर अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।