धरान: गत फागुन अन्तिम साता आयोजना भएको २१ औं गोधुली कपको आयोजकलाई नाफा भएको छ । 

फागुन २२ गतेदेखि चैत ७ गतेसम्म आयोजित प्रतियोगितामा ३ लाख ९० हजार ५ सय ६९ रुपैया खुद वचत भएको आयोजक गोधुली क्लबले जनाएको छ । अध्यक्ष देशकुमार राईका अनुसार प्रतियोगितामा १५ लाख ९८ हजार १९ रुपैया आय भएको थियो । जसमध्ये विभिन्न शिर्षकमा १२ लाख ७ हजार ४ सय ५० रुपैया मात्र खर्च भएको राईले जानकारी दिए । खुद वचत अर्थात नाफामध्येको ३० हजार भने अझै उठ्न बाँकी छ । 

प्रतियोगिताको लागि धरान उपमहानगरपालिकलो कर कट्टी गरेर ३ लाख ३७ हजार ७ सय ५०, मुख्य प्रायोजक टुबोर्गले कर कट्टी गरेर १ लाख २५ हजार, प्रवेश शुल्कबाट प्रत्येक वडाबाट ९५ हजार, गेट तथा सिजनल टिकटबाट ३ लाख ७८ हजार, विदेशबाट सहयोग १ लाख ९० हजार, विभिन्न संघसंस्था, वडा तथा व्यक्तिहरुबाट ३ लाख ७१ हजार र १७ नम्बर वडा कार्यालयले १ लाख रुपैया सहयोग गरेको क्लबले जनाएको छ । 

प्रतियोगिताको फाइनलमा धरानको वडा नं १४ ले वडा नं १६ लाई हराउदै च्याम्पियन भएको थियो । प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ र दोस्रो पुरस्कार ५५ हजार ५ सय ५५ रुपैया दिइएको थियो । यस्तै, व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीहरुलाई ५१ हजार ५ सय खर्च भएको थियो भने निर्णायकहरुलाई १ लाख ४० हजार, स्टेज र टेण्ट हाउसलाई १ लाख २७ हजारलगायत विभिन्न खर्च भएको आयोजकले जनाएको छ । godhuli-profit