धरान: चौतर्फी घेराबन्दी र दबाबमा परेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले पुनः एक पटक आफु सार्वजनिक संस्थान हाँक्न असक्षम भएको प्रमाणित गरेका छन् ।

प्रतिष्ठान सुद्धिकरणको लक्ष्य लिएर आन्दोलनरत संयुक्त संघर्ष समितिलाई वार्तांमा बोलाएका डा.गिरीले आफै भने मदिरा सेवन गरेको अवस्थामा आए पछि समाधानतर्फ अघि बढ्ने अपेक्षा लिएको वार्ता भाडिन पुगेको छ । केही समयदेखि अशान्त बनेको प्रतिष्ठानलाई यो काण्डले थप तनावग्रस्त बनाएको छ । यसले उपकुलपति डा.गिरीलाई मात्र वदनाम गराएको छैन, समग्र प्रतिष्ठानकै वद्नामी गराएको छ । एक पछि अर्को विवादमा पर्दैै गएका उपकुलपति गिरीले मदिरा सेवन गरेको दाबी आन्दोलनरत पक्षको छ । उनीहरुले डा.गिरीको स्वास एवं स्वास्थ्य परीक्षण हुनुपर्ने माग राखेका छन् । 

vc-bp

मंगलबार दिउँसो करिब ३ बजे उपकुलपति गिरीले संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएको थियो । सबैले बोलीसकेपछि अन्त्यमा बोल्ने क्रममा उपकुलपतिको बोली लर्बरिएको र हाउभाउ पनि असामान्य भएको कारण वार्तास्थल छोड्नु परेको संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले बताए । उनले घटनामा चारै जना पदाधिकारी दोषी रहेको उल्लेख गर्दै राजिनामा वा बर्खास्त नभएसम्म आन्दोलन नरोकिने बताए । 

‘यस्ता पदाधिकारीलाई यो प्रतिष्ठानमा बस्ने हक छैन । उहाँहरुको राजिनामा माग नै हाम्रो एक मात्र माग हो,’उनले भने,‘भिसि अचेत अवस्थामा मिटिङमा बसिरहदा अरु पदाधिकारीहरुले उहाँको अस्वस्थ्यता ख्याल नगरि रसस्वादन गरिरहेको जस्तो हामीलाई लाग्यो । त्यसैले अरु पदाधिकारीहरु पनि उतिकै जिम्मेवार हुनुहुन्छ । चारै जना पदाधिकारीहरुले प्रतिष्ठान छोड्नुपर्छ, अनि मात्र प्रतिष्ठिान राम्रो हुन्छ । चार जनाको राजिनामा नआएसम्म उहाँहरुको बर्खास्तगी नभएसम्म आन्दोलन छोड्दैनौं ।’

vc bp1 1

Vc giri

vc giri1

vc2