धरान: जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । 

प्रधानमन्त्री देउवाले औपचारिकरुपमा पत्र पठाउदै विश्वासको मत मागेका थिए । देउवाको पत्र पाएपछि ठाकुर पक्ष र कांग्रेसबीच संसद भवनमा नै छलफल भएको थियो । छलफलमा सरकारले राजनीतिक माग पुरा गर्ने आश्वासन दिएपछि ठाकुर पक्ष विश्वासको मत दिन सहमत भएको हो । यो सहमति पछि अब देउवाले नेकपा एमालेको माधव नेपाल पक्ष विना नै विश्वासको मत पाउने निश्चित भएको छ । 

जसपाको उपेन्द्र यादव पक्षले यसअघि नै देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । माधव पक्षले मत दिने कि नदिने भनेर अन्यौल भइरहदा जसपाको ठाकुर पक्षको निर्णयले देउवालाई राहत मिलेको छ । अहिले पुर्नस्थापित संसदमा विश्वासको मत लिने प्रक्रिया शुरु भइसकेको छ ।