धरान: धरानमा लकडाउन गर्ने बिषयमा नगर कार्यपालिका बैठक जारी छ । 

बैठकमा हिजो सोमबार सर्वदलीय तथा सर्वपक्षीय बैठकले धरानमा पुर्ण लकडाउन गर्न सिफारिश गरेको बिषयमा छलफल भइरहेको छ । बैठकमा सहभागी वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीका अनुसार लकडाउन गर्ने निश्चित भइसकेको छ । अत्यन्त कडा गरिने यो लकडाउनमा घरबाट बाहिर अत्यावश्यक कामबाहेक कसैलाई पनि निस्कन नदिइने उनले बताए । यो लकडाउनमा तरकारीको गाडी पनि चल्न छुट नदिइने उनको भनाई छ । 

धरानमा संक्रमण दर बढ्दै गएको कारण चेन ब्रेक गर्नको लागि भदौ ४ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्न सर्वपक्षीय तथा सर्वदलीय बैठकले हिजो सिफारिश गरेको थियो । सोही बैठकको सिफारिश अनुसार आज कार्यपालिका बैठक बसेको हो । कार्यपालिकाले लकडाउन गर्ने निर्णय गरेपछि सुनसरीको डिसिसिएमसि बैठकले धरानमा लकडाउन गर्ने निर्णय गर्नेछ ।