धरान: विश्वव्यापी कोरोना महामारीले आर्थिक क्षेत्र धरासायी भइरहेको बेला धरान ८ तीनकुनेस्थित आद्यौगिक क्षेत्रभित्र भने करोडौंको उद्योग खुलेको छ ।

विभिन्न डेढ दर्जन बढी व्यक्तिहरु मिलेर १७ करोड लगानीमा ब्राइट फिड प्रालि खोलेका हुन् । उक्त प्रालिको शनिबार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरे । यो उद्योगले कुखुरा, वंगुरलगायतलाई आवश्यक पर्ने खाद्य पदार्थ उत्पादन गर्नेछ । मुख्यमन्त्री आचार्यले उत्पादन वृद्धि गर्ने, रोजगारी सृर्जना गर्ने क्षेत्रमा उद्योगहरुको महत्वपुर्ण भुमिका रहने बताए । उनले संविधान र लोकतन्त्रको स्थायीयत्व गर्ने कामसँगसँगै उत्पादन वृद्धि, पुर्वाधारको विकास, कृषिको विकास, रोजगारी प्रर्वद्धन सरकारको प्राथमिकता रहेको बताए । 

bhim

राजनीतिक अस्थिरता, कोभिड महामारीले अघिल्लो सरकारको धेरै समय खाइदिएको भन्दै उनले त्यसले औद्योगिक, व्यवसायी र उत्पादनमुकल, विकासमुलक गतिविधिमा असर परेको बताए । अहिले परिस्थितिलाई परिवर्तन गरौं भन्ने लागिरहेको भए पनि राजनीतिक वातावरण सहज नभएको बताए । यद्यपी उनले कोभिड,अन्तरपार्टी समस्या लगायत भएपनि विचलित नभै उद्देश्य र लक्ष्यमा अघि बढ्ने जिकिर गरे ।

पशुपंक्षीको आहार विदेश र अन्य प्रदेशबाट आइरहेको सन्दर्भमा धरानमा उद्योग खुलेर आत्मनिर्भर हुने गरि पहल भएको भन्दै मुख्यमन्त्री आचार्यले प्रशंसा गरे । उत्पादन वृद्धि, उद्यम विकास, देशलाई आत्मनिर्भर बनाउन, आर्थिक वृद्धि र व्यापार घाटा बनाउनको लागि यस्तो उद्योग आवश्यक भएको पनि उनले बताए । साधन स्रोत जुटाउन समस्या नहुने तर योजना र व्यवस्थापनको मात्र समस्या भएको आचार्यको भनाई थिडयो । उनले उद्यमशिल विकासको लागि सरकार र जनता सबै पक्षले स्वागत र सहयोग गर्ने बताए । 

bhim1

प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक गोपाल श्रेष्ठले किसानहरुलाई असाध्यै समस्या भइरहेको कारण आफुहरुले उद्योग खोलेको बताए । उनका अनुसार लामो समयदेखि पशुपंक्षी पालन गर्ने किसान, दाना वितरक, पशु पोषणविद तथा पशु चिकित्सकहरुलगायत २० जनाको समुह मिलेर उद्योग खुलेको हो । यहाँबाट कुखुरा, वंगुर, गाई, भैसी, माछालगायत पशुपंक्षीको गुणस्तरीय तथा सन्तुलित आहार उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । उद्योगबाट प्रतिदिन २ सय मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता छ । बजार विस्तार गर्न उद्योगले थप २० करोड लगानी गर्ने योजना छ । प्रालिमा ५० जनाले प्रत्यक्ष, २ सय जनाले अप्रत्यक्ष रोजगारी पाउने श्रेष्ठले बताए । साथै, देशभरका ६ हजार किसानहरु लाभान्वित हुने उनले बताए ।

bhim2