विराटनगर:  नेकपा (एकीकृत समाजवादी)ले प्रदेश नं १ संसदीय दलको नेता चयन गरेको छ । 

सोमबार बसेको संसीय दलको बैठकले नेता एवं सांसद राजेन्द्र राईलाई दलको नेतामा चयन गरेको हो । दलको उपनेता, मुख्य सचेतक र सचेतक भने चयन हुन बाँकी नै छ । अर्को बैठकले ती पदमा चयन गर्ने पार्टीले जनाएको छ । सांसद उपेन्द्र घिमिरेका अनुसार बैठकले वर्तमान भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको छ । त्यसबारेमा प्रदेशसभा सचिवालयलाई सोमबार नै जानकारी दिइने उनले बताए । 

देश नं १ मा नेकपा एमाले त्यागेर १० जना सांसदहरुले एकीकृत समाजवादीमा गएका छन् । ती सांसदहरु एकीकृत समाजवादीमा गएपछि मुख्यमन्त्री आचार्यको वर्तमान सरकार अल्पमतमा परेको छ । विगतमा एमाले एक्लैको ५१ जना सांसद हुँदा बहुमत थियो । तर दश सांसदले समाजवादी गएपछि अब एमालेसँग ४१ जना मात्र सांसद छन् । सरकारलाई बहुमत पाउन ४७ जना सांसदको साथ आवश्यक पर्छ ।