धरान: एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जान तयार १० जना सांसदहरु तीन दिनको बसाई पछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेष्ट हाउस छोडेर विराटगनरतिर गएका छन् ।

अब ती सांसदहरु प्रदेशस्थित निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादीको लागि सनाखत गर्ने उक्त पार्टीका युवा नेता वसिम अलीले जानकारी दिएका छन् । अलीले क्लिकधरानसँग संक्षिप्त प्रतिक्रिया दिदै मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार ढल्ने निश्चित भएको बताए । उनले सांसदहरुलाई जोरजर्बजस्ती गरेर नल्याएको पनि बताए ।

samajbadi

नेकपा एमाले त्यागेर एकीकृत समाजवादीमा जानको लागि भोजपुरका युवा नेता एवं प्रदेश सांसद राजेन्द्र राईसहितका १० जना सांसद सोमबार दिउँसो २ बजेतिर धरान आएका थिए । उनीहरुलाई वीपी प्रतिष्ठानको गेष्ट हाउसमा खाने बस्ने व्यवस्था गरिएको थियो । माधव नेपालको साथ छोडेर एमाले नेता भीम आचार्य मुख्यमन्त्री बनेका छन् । तर, एमालेका ५ जना मात्रै प्रदेश सांसदहरु एकीकृत समाजवादीमा गएमा उनी अल्पमतमा पर्नेछन् । अहिले १० जना सांसदहरु समाजवादीमा जाने निश्चित भएकोले आचार्यको सरकार संकटमा पर्ने देखिएको छ । विपक्षी गठबन्धनबाट भोजपुरका सांसद एवं युवा नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने चर्चा छ ।

 

samajbadi sansad

samajbadi2

samajbadi4

samajbadi3

samajbadi6

samajbadi5

samajbadi1

samajbadi7

samajbadi12

samajbadi8

samajbadi9

samajbadi10

samajbadiko 1

samajbadi11

samajbadi13