धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धरान उपमहानगर समितिको नेतृत्वको लागि सभापतिमा किसोर राईसहित उनको प्यानालले उम्मेदवारी घोषणा गरेको छ । 

आज धरानको गीता मन्दिरमा एक कार्यक्रम आयोजना गरि सभापति पदमा राई सहित पदाधिकारीहरुको उम्मेदवारी घोषणा गरिएको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिमा किसोर राई, उपसभापतिको दुई पदमा राजकुमार थोप्रा र महेन्द्र तामाङले उम्मेदवारी दिएका छन् भने दुई जना सचिव पदमा रुकमणि गौतम (कोपिला) र सुमन श्रेष्ठले उम्मेदवारी दिएका छन् । यसैगरि, सहसचिव दुई पदमा गोपाल कार्की र कमला रुचालले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

kishor1

सभापतिका उम्मेदवार राईले आफ्नो सपना धरानलाई मिनि हङकङ बनाउने सपना रहेको र त्यो सपना कांग्रेस पार्टीकै भएको बताए । आगामी स्थानीय तह चुनावमा पनि धरानमा सतप्रतिशत जिताउने दाबी गर्दै जिताउन नसके त्यही दिन पदबाट राजिनामा दिने पनि बताए । उपभासपति, सचिव र सहसचिवका उम्मेदवारहरुले पनि छोटो मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा पुर्वमन्त्री मीन बिश्वकर्माले जितको शुभकामना व्यक्त गरेका थिए । सभापति पदका आकांक्षी भएपनि अजय राईले पार्टीलाई वलियो बनाउन र वीपी कोइरालाको विचारलाई आत्मसात गर्दै आफुले किसोर राई र उनको टिमलाई समर्थन गरेको घोषणा गरेका थिए । उनले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका थिए । आन्तरिक तयारी गर्दै वडाहरुमा छलफलमा पनि गएका थिए । तर, अन्तिम समयमा उनले किसोर राईलाई नै समर्थन गरेका हुन् । महिला नेतृ लक्ष्मी खतिवडाले भोली विपक्षीसँग चुनावमा लड्दै गर्दा कांग्रेस एक भएर मोर्चाबन्दी हुनुपर्ने धारणा राख्दै कसैसँग वैरभाव नराख्न आग्रह गरिन् । उनले धरानमा असली कांग्रेस जुर्मुराएकै कारण उपनिर्वाचनमा तिलक राईले चुनाव जितेको बताइन् ।

भिडियो:

 

kishor4

kishor2

kishor5

kishor7

kishor6kishor3