धरान: एम्स एकेडेमी धरानले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको विदाई गरेको छ भने स्नातक तहमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । 

एकेडेमीले मंगलबार धरान १९ स्थित ब्रिटिश कम्युनिटी हलमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुको विदाई तथा स्वागत गरेको हो । एकेडेमीका अनुसार कक्षा १२ को परीक्षा दिएका २ सय भन्दा बढी विद्यार्थीहरुलाई विदाई गरिएको छ । यस्तै, बि.एड.आई.टि.पहिलो बर्ष अध्ययनको लागि भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको प्राचार्य मित्र तामाङले जानकारी दिए । 

धरान १२ स्थित एकेडेमीले यसै शैक्षिक सत्रले स्नातक तहमा बि.एड.आइ.टि.शैक्षिक कार्यक्रम पनि शुरुवात गरेको छ । प्राचार्य तामाङले प्रविधिमैत्री शिक्षा अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गर्दै प्रविधिमैत्री शिक्षा लिएमात्र अबको विश्वमा अस्तित्व रहनसक्ने बताए । उनले भने,‘यसपालीदेखि हामीले बिएड आइटि शुरु गरेका छौ, प्रविधिमैत्री शिक्षा लिए मात्र अबको विश्वमा अस्तित्व रहनसक्छ ।’

aims5

हाल बिएड आइटि प्रथम बर्षमा अध्ययनरत विद्यार्थी सोनी चेम्जोङले भविष्यमा अवसर पाउने भएकोले आफुले उक्त बिषय रोजेको बताइन् । उनले कलेजको शैक्षिक वातावरण विद्यार्थीमैत्री भएको र गुणस्तरीय भएको पनि धारणा व्यक्त गरिन् । प्लस टु विद्यार्थी एवं छैटौ मिस फ्रेसर पुर्णिमा दर्नालले शिक्षकहरु आफ्नो साथी जस्तै विद्यार्थीहरुलाई साथ, सहयोग र केयर गर्ने पाएको बताइन् । आफु एम्स कलेजको विद्यार्थी भनेर अरुलाई सुनाउदा गर्व महशुस हुने उनको भनाई थियो । मिस फ्रेसरजस्ता कार्यक्रमले आफुलाई क्षमता देखाउने र धेरै कुरा सिक्ने अवसर पनि कलेजबाट प्राप्त भएको उनले बताइन् । कार्यक्रममा विद्यार्थीहरु गीत तथा नृत्यहरु पनि प्रस्तुत गरेका थिए । 

उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान

aims6

कार्यक्रममा एम्स एकेडेमीले विभिन्न संकायका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको थियो । व्यवस्थापनमा सुनिता दर्लामी मगर, सुजा राई, सजना पौडेल र सन्ध्या पौडेल उत्कृष्ट भएका छन् भने विज्ञान संकायमा हेमकुमार श्रेष्ठ र युवराज बस्नेत उत्कृष्ट भएका छन् । 

यसैगरि, मानविकी संकायतर्फ सुजना तुलाधार र रिमा लिम्बु उत्कृष्ट भएका छन् भने शिक्षा संकायतर्फ राधिका अधिकारी र निरुता चर्मकार उत्कृष्ट भएका छन्। 

नृत्य गुरुद्धय सम्मानित

एम्स एकेडेमीले धरानका नृत्य गुरुद्धय मणीकुमार राई र नगेन्द्र राईलाई सम्मान गरेको छ । मणीकुमार राई हालै सम्पन्न भएको नृत्य कला प्रतिष्ठानको साधारणसभाबाट अध्यक्षमा चुनिएका छन् भने नगेन्द्र राई उपाध्यक्षमा चुनिएका छन् । दुवै जना धरानका अग्रज कलाकार हुन् । उनीहरु नृत्य एवं कला क्षेत्रका सम्मानित नाम हुन् । दुवैलाई धरानका कलाकारहरुले गुरु मान्ने गरेका छन् । 

aims3

aims7

aims4

aims1