धरान: धरान जेसीज सप्ताह अन्तर्गत दोस्रो दिन आज मैत्रीपुर्ण फुटसल कार्यक्रम सम्पन्न भएको छ । 

धरान १५ स्थित बिग फुटसलमा आयोजित मैत्रीपुर्ण खेल धरान बैंकर्स र आयोजक धरान जेसीज बीच भएको थियो । उक्त मैत्रीपुर्ण खेलमा बैंकर्सले जेसीजलाई १३-८ गोलअन्तरले हरायो । मैत्रीपुर्ण खेलका विजेता र उपविजेता दुवै टिमका खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

मैत्रीपुर्ण फुटसल खेलको अध्यक्ष मणीराज अधिकारी रहेका थिए भने प्रमुख अतिथिमा नेपाल रेड्क्रस सोसाइटी सुनसरीका सभापति उमेश थापा रहेका थिए । कार्यक्रमको संयोजक विजय घिमिरे रहेका थिए भने कार्यक्रमका सहमुल संयोजक इन्द्र बाहादुर कार्की रहेका छन् । उनी सामुदायिकतर्फका उपाध्यक्ष समेत हुन् ।