धरान: किरात धर्मगुरु आत्मनन्द लिंदेनले प्रदेश नं १ को नाम किरात सगरमाथा राख्न माग गरेका छन् । 

सुनसरीको बराहक्षेत्र नगरपापलिका ३ स्थित किरातेश्वर हाङ्साम युमा माङ्हिम उद्घाटन तथा महागुरु फाल्गुनन्दको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै किरात धर्मगुरु लिंदेनले यस्तो माग गरेका हुन् । उनले किरात सगरमाथा प्रदेश नाम रहेमा सबै जाति समेट्नेमा कुनै शंका नहुने पनि बताए । लिंदेनले भने,‘प्रदेशको नाम किरात सगरमाथा राख्दा सबै जाति अट्न सक्छौ, सबै अट्न सक्छौ । कुनै शंका छैन जस्तो मलाई लाग्छ ।’ 

धर्मगुरु लिंदेनले आफु, भक्तजन तथा धर्मावलम्बी सबैको माग किरात सगरमाथा रहोस् भन्ने रहेको पनि बताए । उनले प्रदेशको नाममा आफ्नो चासो रहेको पनि बताए । महादेवले किराती पार्वतको छोरी पार्वतीलाई विवाह गरेको उल्लेख गर्दै धर्मगुरु लिंदेनले पार्वती किराती चेली भएको जिकिर गरे । उनले भने,‘किरात समगरमाथा प्रदेश भनेको महादेवको ससुराली, पावतीको माइतीघर हो । पार्वती भनेको किरातीनी हो, हाम्रो चेली हो । हामीले त्यसरी चिनेको छौ । त्यसरी नाम राख्दा कुनै आपत्ति छैन ।’

भिडियो: