धरान: नेकपा माओवादी केन्द्रको धरान उपमहानगर कमिटी अध्यक्षको जिम्मेवारी सुर्दशन श्रेष्ठले पाएका छन् । 

माओवादी केन्द्रको जिल्ला समन्वय समिति सुनसरीको सचिवालय बैठकले पालिका सम्मेलनबाट नयाँ नेतृत्व चयन नहुञ्जेलसम्मको लागि धरानमा अध्यक्षमा श्रेष्ठलाई र सचिवमा श्रेङलाई जिम्मेवारी दिने निर्णय गरेको हो । सोही बैठकले पार्टीको इटहरी उपमहानगर कमिटी अध्यक्षमा बहादुर सिंह तामाङ र सचिवमा कविन्द्र केसीलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने बराह नगरपालिकाको अध्यक्षमा कमल कटुवाल र सचिवमा भोगेन्द्र डाँगीलाई जिम्मेवारी दिने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रको पालिका सम्मेलन यही मंसिरमा हुदैछ । 

सर्वोच्च अदालतको फैसला पछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन भएर माओवादी केन्द्र ब्युँतिएपछि रिक्त रहेको पालिका समितिहरुको नेतृत्व चयन नीतिगत आधारमा गर्ने निर्णय जिल्ला समन्वय समितिले गर्दै ३ पालिकामा जिम्मेवारी तोकेको हो । समितिले नेकपा हुँदा माओवादी केन्द्रकोतर्फबाट पालिका अध्यक्ष रही नेतृत्व गरेकालाई अध्यक्षमा यथावत राख्ने र नेकपा हुँदा सचिवको जिम्मेवारीमा रहेकालाई पालिका अध्यक्षको जिम्मेवारी दिने नीतिगत निर्णय गरेको छ ।

mao