धरान: जथाभावी एन्टिवायोटिक औषधी प्रयोग नगर्न आग्रह गर्दै धरानमा शनिबार र्याली निकालिएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित पिएसआरएनले सर्वसाधारणहरुमा सचेतना जगाउने उद्देश्यले र्याली निकालेको हो । प्रतिष्ठानबाट शुरु भएको र्याली भानुचोकसम्म पुगेको थियो । विभिन्न प्लेकार्ड, ब्यानरसहित प्रतिष्ठानका विद्यार्थीहरु र्यालीमा सहभागी भएका थिए । उनीहरुले भानुचोकमा सर्वसाधारणहरुलाई एन्टिवायोटिक जथाभावी प्रयोग नगर्न, डाक्टरको सल्लाहमा मात्रै प्रयोग गर्न आग्रह गरेका थिए । 

anti4

विद्यार्थी किरणचन्द्र पुनका अनुसार एन्टिवायोटिक सचेतना सप्ताहको क्रममा शनिबार र्याली निकालिएको हा । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नै इ पोष्टर कम्पिटिशन पनि भइसकेको छ भने निबन्ध लेखन प्रतियोगिता र क्विज कन्टेष्ट पनि आयोजना हुनेछ । 'सामान्य मानिसले जथाभावी प्रयोग गरिदिने, डाक्टरको सल्लाह विना नै अरुले प्रयोग गरेको भरमा पनि एन्टिवायोटिक खाइदिने गर्छन् । भाइरल ज्वारोमा पनि प्रयोग गर्छन्, यसले भविष्यमा भयावह अवस्था हुनसक्छ,' पुनले भने, 'त्यस्तो अवस्था आउन नदिन भनेर सचेतना कार्यक्रम गरिएको हो ।'

भिडियो:

antibio

anti6

anti5

anti3

anti

anti2

anti1