धरान: एमसिसि सम्झौता राष्ट्रघाती भएको भन्दै खारेजीको मागसहित आइतबार धरानमा र्याली तथा विरोध सभा भएको छ । 

सचेत स्वतन्त्र अभियान, राष्ट्रिय एकता सञ्जालको आयोजनामा एमसिसि विरुद्ध र्याली र विरोधसभा भएको हो । धरान १८ स्थित बुद्धचोकबाट शुरु भएको र्याली भानुचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै सामाजिक अभियन्ता हर्क साम्पाङले जनताले एमसिसि नचाहेको तर सरकार भने जर्बजस्ती लागु गर्न लागेको बताए । 

MCC

उनले एमसिसिको राष्ट्रघाती बुँदाहरु खारेज गर्नुपर्ने बताए । उनले अमेरिकाले एमसिसिको माध्यमबाट नेपालभित्रै अलग्गै देश र कानुन भएको प्रमाणित गर्न खोजेको बताए । साथै, भारतको अधिनमा नेपाललाई पुर्याउने भन्दै उनले कुनै पनि हालतमा लागु हुन नहुने बताए । यद्यपी, उनले एमसिसिको राष्ट्रघाती बुँदाहरुबारे स्पष्ट पार्न चुनौती दिदै धारा नं ६ को १, धारा नं ६ को ८ र अनुसुची ५ बारे बुझाउन सके मात्र ब्याक हुने बताए । 

एमसिसि राष्ट्रको हितमा भए नेपालले नै माग संसदबाट पारित गर्न हतारिनु पर्नेमा अमेरिकाले निरन्तर दबाब दिइरहेकोले पनि हितमा नभएको बताए । उनले चीनलाई घेर्ने रणनीति अनुसार एमसिसि ल्याएको पनि दाबी गरे । 

भिडियो:

Mcc1

mcc3

mcc4