धरान: प्रहरीले धरानबाट ठुलो परिमाणमा लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
धरान वडा नं। १४ हात्तीसारपथस्थित एक घरमा डेराबाट गरी बस्दै आएका पाँच जना युवालाई खैरो हिरोइन ९ब्राउन सुगर० सहित नियन्त्रणमा लिएको हो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पिआइटी टोली र इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सन्दीप कार्की तथा वडा प्रहरीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले राजकुमार डंगोलको घरमा छापा मारेर पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धरान–१५ गोविन्दमार्गका २५ वर्षीय सौरभ जिमी, धरान–२० का २२ वर्षीय सुगम राई, धरान–१४ का २१ वर्षीय अविजित निरौला, धरान–१३ का २५ वर्षीय आशिष राई र मोरङको लेटाङ नगरपालिका–१ का २६ वर्षीय हरि लिम्बू रहेका छन्।
धरानका डिएसपी भीषणबाबु राईका अनुसार पक्राउ परेका पाँच जनाको डेरा कोठाबाट प्लास्टिकबाहेक १२४ ग्राम ४७ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ भने नाइट्राजेपाम ४४५ ट्याब्लेट, स्पासपेन ६५ ट्याब्लेट र ट्रामोल १५ क्याप्सुलसमेत बरामद भएको छ ।
प्रहरीका अनुसार भाडामा लिएको कोठालाई लागूऔषधको भण्डारणस्थल बनाएर कारोबार गरिरहेका थिए । पक्राउ परेका पाँचै जनामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्