धरान: हराईजन क्लब धरान १७ ले बास्केटवल प्रतियोगिता आयोजना गरेर मुनाफा गरेको छ । 

५ औं राष्ट्रिय हराईजन बास्केटवल कप प्रतियोगिताबो क्लबले २९ हजार २५९ रुपैया खुद मुनाफा गरेको हो । क्लबका अध्यक्ष बसन्त राईले प्रतियोगिता आय व्यय सार्वजनिक गर्दे मुनाफा गरेको जानकारी दिएका हुन् । उनका अनुसार प्रतियोगिताको लागि ७ लाख १९ हजार ३३९ रुपैया आय भएको थियो भने ६ लाख ९० हजार ८० रुपैया मात्र खर्च भएको थियो । क्लबले हरेक बर्ष  राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्दै आएको छ । 

गएको प्रतियोगितामा नेपाल आर्मीको टिम विजेता भएको थियो भने रुपन्देही बास्केटबल उपविजेता भएको थियो । प्रतियोगितामा काठमाण्डौं, धरान, इटहरी, रुपन्देहीलगायत स्थानबाट गरि ८ टिम सहभागीता जनाएको थियो । प्रदेस नम्बर १ बाट ७ टिमबीच छनौट खेल भएर ४ टिम मात्र प्रतियोगिताको लागि छानिएको थियो । 

विजेताले प्रथम पुरस्कार नगद १ लाख र विजेताले द्वितिय पुरस्कार ५० हजार हात पारेको थियो । ब्यक्तिगत पुरस्कारहरुमा सर्बोत्कृष्ट खेलाडीलाई नगद १० हजार, उदयीमान खेलाडी ९ रुकि प्लेयर०लाई नगद ५ हजार दिइएको थियो भने प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद १५ सयदेखि ३ हजारसम्म दिइएको अध्यक्ष राईले जानकारी दिए । धरान १७ स्थित घोपा माविलाई १० हजार बराबरको शैक्षिक सामग्री प्रदान गरिएको थियो भने कान्तिपुर संवाददाता प्रदिप म्याङ्बोलाई नगद ५ हजारसहित सम्मान गरिएको थियो । हराईजन बास्केटबल कपको मुख्य प्रायोजक धरान १७ समाज हंगकंग, बिशिष्ट सहयोग धरान उपमहानगरपालिका र धरान १७ वडा कार्यालय रहेको क्लबले जनाएको छ । 

horizan1