धरान: अन्तर विद्यालय थ्री वाइ थ्री होलिल्याण्ड बास्केटवल प्रतियोगितामा महिलातर्फ आयोजक होलिल्याण्ड ए र लोटस स्कुल फाइनलमा प्रवेश गरेको छ भने पुरुषतर्फ डिपोट वि र चिल्ड्रेन एकेडेमी फाइनल पुगेको छ । 

होलिल्याण्ड इन्टरनेशनल स्कुलद्धारा आयोजित प्रतियोगिताको सेमिफाइनल खेलमा महिलातर्फ होलिल्याण्ड ए टिमले डिपो स्कुललाई ७–३ अंकले पराजित गर्यो भने लोटसले होलिल्याण्ड वि टिमलाई २–० अंकले हराउदै फाइनल पुगेको हो । यस्तै, पुरुषतर्फ डिपो बि टिमले डिपो ए टिमलाई ११–४ र चिल्ड्रेनले होलिल्याड ए टिमलाई १३–८ अंकले पराजित गर्दै फाइनल प्रवेश गर्यो । दुई दिनको प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । 

holi-basketball

प्रतियोगितामा धरान र तरहराबाटसमेत गरि पुरुषतर्फ १९ टिम र महिलातर्फ १० टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेताले नगद ५ हजार र एक हजार रुपैया बराबरको कफी पव फुडको कुपन पाउनेछ भने उपविजेताले नगद २ हजार ५ सय रुपैया र ५ सय रुपैया वरावरको कफि पव फुड कुपन पाउनेछ । यस्तै, ट्रफि, मेडल र प्रमाण पत्र पनि विजेता र उपविजेता टिमले पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद एक हजारसँगै ५ सय रुपैया बराबरको कफि पव फुड कुपन, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक नविन राईले जानकारी दिए ।

उद्घाटन समारोहका प्रमुख अतिथि एवं जिल्ला बास्केटवल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदी, होलिल्याड स्कुलका व्यवस्थापक अध्यक्ष खगेन्द्र लिम्वु, प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले संयुक्त रुपमा रेफ्रिलाई वल हस्तान्तरण गरि प्रतियोगिता सुरु गरिएको थियो । होलिल्याण्ड स्कुलको बास्केटवल कोर्टमा आयोजित प्रतियोगितामा प्राविधिक सहयोग धरान बास्केटवल संघको रहेको छ ।